Ad Area

चिसापानीमा ब्रेक फेल भई बस दुर्घटना हुँदा २३ जना घाईते


घोराही, १६ जेठ । दाङको गढवा–कोईलाबास सडक खण्ड अन्तरगत चिसापानीमा बस दुर्घटना हुँदा २३ यात्रु घाईते भएका छन् ।

जिल्लाको गढवा गाउँपालिका वडा नम्बर ८ चिसापानीमा बुधबार बिहान करीव साढे ११ बजे कोईलाबासबाट लमही तर्फ जाँदै गरेको रा १ ख ८३३ नम्बरको यात्रुवाहक बस ब्रेक फेल भई दुर्घटना हुँदा २३ जना यात्रु घाईते भएका ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभयो ।

घाईतेहरुको लमी अस्पतालमा उपचार भईरहेको छ । घाईते सबैको अवस्था सामान्य रहेको पनि उहाँले जानकारी दिनुभएको छ ।

कडा मोड तथा ओरालो सडकमा ब्रेक फेल भएपछि बस दुर्घटनामा परेको बताईएको छ । दुर्घटना भएलगत्तै इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरी टोली, सशस्त्र प्रहरी, स्थानीयले घाईतेको उद्धार गरेका थिए । बस चालक ५५ वर्षीय जोखन प्रसाद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Blog Post Ad Blog Post Ad