Ad Area

दुध बिक्री गरेर मासिक डेढ लाख आम्दानी


घोराही, १९ जेठ । दाङको राजपुर गाउँपालिका–४ निवासी टिकाराम यादवको परिवारले भैसी पालन गर्दै आएको बर्षौ बित्यो । यादव समुदायको पुर्खौली पेसा नै भैँसी पालन भएकाले ४÷५ वटा भैसी घरमा भइरहन्थे ।

त्यही भैँसीको दुध, दहि र घिउ बिक्री गर्दा आम्दानी पनि राम्रै हुने गरेको थियो । जसबाट घर परिवारको खर्च पनि चलेकै थियो तर विदेशमा गएर राम्रो कमाउने लोभ टिकारामलाई जाग्यो । दुध, दहि र घिउ बिक्री गरेर जुटेको करिब एक लाख बढी खर्च गरेर ८ वर्षअघि टिकाराम साउदी अरब पुग्नुभयो । तर त्यहाँ भनेकै काम भएपनि कमाई हुन सकेन ।

एक वर्ष इलेक्ट्रोनिक कम्पनीमा काम गर्नुभएका यादवले महिनामा ६०÷७० हजारभन्दा बढी कमाई गर्न सक्नुभएन । जसले गर्दा उहाँलाई विदेशमा बसिरहन मनले मानेन र स्वदेश फर्किएर भैँसीपालन गर्ने सोच बनाउनुभयो । स्वदेश फर्किएर परम्परागत पेसालाई व्यवसायिक बनाउँदै लग्नुभएका टिकारामले भँैसीपालनबाट दुध र दही बिक्री गरेर पछिल्लो समय डेढ लाखसम्म मासिक आम्दानी गर्दै आउनुभएको छ ।
साना ठुला गरेर ७२ वटा भँैसीपालन गर्नुभएका उहाँले दुध र दहि बिक्री गरेर २३ सदस्य परिवारको खर्च जुटाउनका साथै बचत गरेर जग्गा समेत किनेको बताउँनुहुन्छ ।

यादव भन्नुहुन्छ,‘हाम्रो मुख्य आम्दानी नै भैँसी पालन हो, दुध, दहि र घिउ बिक्री गरेर घर व्यवहार चलाउनेदेखि बचत समेत गर्ने गरिरहेको छु ।’ ७२ भैँसीमध्ये १७ वटा भैँसीले दुध दिने र दैनिक करिब ६० देखि ७० लिटरसम्म दुध बिक्री गर्दै आएको बताउँनुहुन्छ । उहाँका घरमा भैँसी पालनसम्बन्धी काम आपूmले गर्ने र भाइ टेकबहादुर यादवले लमही बजारसम्म पु¥याएर दुध बिक्री गर्ने काम गर्दै आएको बताउनुभयो । विदेशमा अर्काको अधिनमा बसेर काम गर्दाको भन्दा आफ्नै ठाउँमा घरपरिवारसँगै बसेर भैँसीपालन गर्दा राम्रो आम्दानीसँगै सन्तुष्ट रहेको उहाँ बताउँनुहुन्छ ।

उहाँले भन्नुभयो,‘विदेशमा १२ घण्टा दैनिक काम गर्दा महिनामा ६०÷७० हजारसम्म कमाई हुने गरेको थियो, त्यो कमाईमा विदेशमा बसिरहन मनले मानेन र एक वर्षमै फर्किए, भँैसी बढाएर पाल्दै आएको छु । आम्दानी पनि राम्रै भइरहेको छ ।’ दुध बिक्री गरेर भएको आम्दानीको आधा रकम भैँसीका लागि दाना, घाँस र औषधीमा लाग्ने गरेपनि बाँकी रकम नाफा हुने गरेको उहाँ बताउँनुहुन्छ ।

गाउँमा सबैभन्दा धेरै भैँसीपालन गर्ने किसानका रूपमा रहनुभएका यावदले लाखाँै रुपैयाँ खर्च गरेर विदेशमा काम गर्नुभन्दा आफ्नै ठाउँमा परिवारसँग बसेर पैसा कमाउन सकिने अरुलाई समेत सुझाव दिनुहुन्छ । त्यसका लागि आपूmमा आत्मविश्वास हुनुपर्ने उहाँ बताउँनुहुन्छ । उहाँले भन्नुभयो,‘विदेशमा दिनमा १२ घण्टासम्म काम गर्नेले आफ्नो ठाउँमा पनि त्यहीअनुसार मेहनत गर्न सके कमाई गर्न सकिन्छ ।’

Blog Post Ad

 

 

 

 

 

 

 

भँैसी पालनबाटै राम्रो आम्दानी गरिरहेका यादवले सरकारबाट अहिलेसम्म कुनै प्रकारको सहयोग प्राप्त नगरेको गुनासो गर्दै भन्नुहुन्छ,‘अहिलेसम्म जे जति गरेको छु, सबै आफ्नै मेहनत र परिश्रमबाट गरेको छु । कतैबाट कुनै सहयोग लिएको छैन ।’ कतैबाट सहयोग प्राप्त नभएपनि आफ्नै मेहनतले पुर्खौली पेसालाई व्यवस्थीत गर्दै लग्ने सोचमा रहेको बताउँनुहुन्छ । त्यसका लागि घर परिवारले पनि साथ दिएको यादव बताउँनुहुन्छ ।

Blog Post Ad Blog Post Ad