Ad Area

शुभलक्ष्मी सहकारीद्वारा सहकारी शिक्षा र सचेतना


घोराही, १९ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर ६ मा गुरुवागाउँमा रहेको शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गरेकोे छ । शुभलक्ष्मीको शिक्षा उपसमितिको आयोजनामा शनिबार भएको कार्यक्रममा सहकारीमा आवद्ध सदस्यहरुलाई सहकारी शिक्षासँगै अन्तरक्रिया गरेको छ ।

शिक्षा उपसमिति संयोजक कृष्णकुमार न्यौपानेको अध्यक्षता भएको कार्यक्रममा संस्थाका अध्यक्ष शरदकुमार आचार्यले सहकारीलाई समयसँगै प्रविधिमैत्री बनाउँदै लैजान संस्था क्रियाशील रहेको बताउनुभयो । सहकारीका हरेक काम कारवाहीलाई सहकारीको प्रणालीमा समाहित गर्दै सहकारीको सिद्धान्त अनुसार अघि बढेको जानकारी गराउनुभयो ।

उहाँले सहकारीमा नियमित बचत नगर्ने सदस्यलाई निष्क्रिय सदस्य मानिने भएकाले नियमित बचत गर्न सबैलाई आग्रह गर्नुभयो । पूर्वअध्यक्ष एवम् वरिष्ठ सल्लाहकार श्रीधर शर्मा पौडेलले सहकारी स्थापनादेखि हालसम्मका गतिविधिका बारेमा जानकारी गराउनु भएको थियोे ।

उहाँले सहकारीका विभिन्न समिति, उपसमितिले गर्नुपर्ने काम कर्तव्य र अधिकारका बारेमा जानकारी गराउनु भएको थियो । संस्थाका सचिव विष्णुप्रसाद अधिकारीले सहकारीमा बचत व्यवस्थापनका बारेमा जानकारी गराउनु भएको थियोे । कोषाध्यक्ष शरदकुमार अधिकारीले सहकारीमा गरिने बचत र कर्जा प्रवाहका चरण बारे जानकारी गराउनु भएको थियोे ।

यसैगरी, संस्थाका व्यवस्थापक मधुसूदन पौडेलले सहकारीको आर्थिक गतिविधिका बारेमा जानकारी गराउनु भएको थियोे । सल्लाहकार पद्मप्रसाद आचार्यले सानो समुहबाट स्थापना भएको सहकारी सबैको विश्वास र साथ सहयोगले यहाँसम्म आई पुगेको र आगामी दिनमा सहकारीको सिद्धान्तलाई आत्मसात गरेर अगाडि बढ्ने बताउनुभयो ।

सहभागीका तर्फबाट कृष्णकुमार अधिकारी र शोभा आचार्यले सहकारी सम्बन्धी अनुभव सुनाउनुभएको थियोे । शिक्षा उपसमितिका सदस्य पूर्णबहादुर चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण उपसमिति सदस्य रञ्जिता अधिकारीले गर्नुभएको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad