Ad Area

पर्यटन प्रबर्द्धनका लागि दाङको शान्तिनगरमा`चलचित्र बहस´


तुलसीपुर,२० जेठ । दाङको शान्तिनगर गाउँपालिका ३ सुकेकोटमा शनिबार ‘पर्यटन प्रवद्र्धनका लागि चलचित्र बहस’ सम्पन्न भएको छ। ‘पर्यटन प्रबर्द्धनका लागि चलचित्र बहस’ कार्यक्रमा बोल्दै नायक निखिल उप्रेतीले पर्यटन प्रबर्द्धनका लागि सबैभन्दा उपयुक्त माध्यम चलचित्र भएको बताएका छन।

चलचित्र सुन्दर देखाउन कथाले मात्र होईन त्यहाँको सुन्दर भूगोलको महत्त्वपूर्ण भुमिका रहने बताएका छन। उनले चलचित्र छायांकन भएकै कारण आज देशका कतिपय स्थानहरु पर्यटकीय गन्तव्य बन्न पुगेको बताएका छन। चलचित्र छायांकनका लागि दाङमा थुप्रै सम्भावित स्थानहरु रहेछन यहाँको ठाउँको विकास र पर्यटन प्रवद्र्धनमा सबैभन्दा पहिला नेतृत्वकर्ता र नागरिकहरुमा आफ्नो ठाउँप्रतिको प्रेम अनिवार्य भए मात्र बिकास र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताएका छन। उनले आफ्नो पालिकाको पहिचानसहितको भिडियो डकुमेन्ट्री बनाउनुस् र चलचित्र विकास बोर्डमा दिनुस् त्यसबाट चलचित्र निर्माताहरुले उपयुक्त स्थान छनोट गर्ने बताए।

कार्यक्रममा आफ्नो धारणा राख्दै शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले पालिका भित्र रहेका धार्मिक पर्यटकीय क्षेत्र र सम्भावित गन्तव्यहरुको पर्यटन प्रबर्द्धनका लागि गाउँपालिकाले बजेट बिनियोजन गर्नेमा पछि नहट्ने बताएका छन। पर्यटन प्रबर्द्धनका लागि आगामी आर्थिक बर्ष बस्नेतले सुकेकोटमा होमस्टे संचालन गर्ने बताए।

त्यसैगरी कार्यक्रममा संस्कृतिविद् डा गोविन्द आचार्यले पर्यटन प्रबर्द्धनको उपयुुक्त माध्यम चलचित्र भएपनी नेपाली चलचित्र काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुका स्थानहरुमा मात्रै केन्द्रित भएकोले स्थानीय स्तरमा नजर नपुगेको बताए । चलचित्र पत्रकार कुबेर गिरीले पर्यटन प्रबर्द्धनका लागि चलचित्र सशक्त र सहज माध्यम भएको बताउदै जहाँ चलचित्रको व्यापार राम्रो हुन्छ, लगानीकर्ताले त्यही ठाउँ चलचित्र छायांकनका लागि रोज्ने गरेको बताएका छन ।

कार्यक्रम चलचित्र पत्रकार संघ दाङको आयोजना तथा शान्तिनगर गाउँपालिकाको सहयोगमा भएको हो । चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीको अध्यक्षता तथा शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो।

कार्यक्रममा दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, शान्तिनगर गाउँ पालिकाका उपाध्यक्ष प्रेमा केसी बुढाथोकी, पर्यटन विकास केन्द्र दाङका उपाध्यक्ष डा लोकराज पराजुली लगायतले आफ्नो धारणा राखेका थिए । शान्तिनगर–३ का अध्यक्ष मीनबहादुर केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार विमल गौतम र धुर्वराज न्यौपानेले गरेका थिए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad