Ad Area

दाङमा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु


लक्ष्मण बस्नेत
दाङ, २० जेठ । दाङमा आइतवारदेखि एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु भएको छ ।

दाङ जिल्ला फुटबल संघको आयोजनमा सुरु भएको एन्फा कोचिङ कोर्सको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले गर्नु भएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दे नगर प्रमुख खड्काले राष्ट्रको सान र पहिचान स्थापित गर्ने खेलकुद क्षेत्रको बिकासमा तुलसीपुर नगर लागि परेको बताउनु भएको थियो । स्थानीयस्तरबाट खेल क्षेत्रको बिकास भए मात्र सिङ्गो खेलकुद क्षेत्रले अपेक्षाकृत रुपमा फड्को मार्न सक्ने भन्दै नीतिगत रुपमै खेलकुदको विकासमा परेको उहाँले बताउनुभयो ।

नगर क्षेत्रको खेल पूर्वाधार विकास, खेल गतिबिधि,खेलाडीको संरक्षण र उन्नयनमा सम्बन्धित सरोकारवालासंग छलफल अन्तरक्रिया गर्दै यस क्षेत्रको विकासमा लाग्ने बताउनुभएको थिथयो । खड्काले सामुदायिकस्तरमा फुटबल खेलको बिकाससंगै खेलाडी उत्पादनका लागि बलियो आधार स्तम्भ एन्फा कम्युनिटी कोचिङ कोर्स आफ्नै नगरमा हुनुले आफूमा उत्साह थपिएको बताउदै कोचिङ कोर्सको पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।

एन्फाका टेक्निकल डाईरेक्टर हरि खड्का, एन्फाका हेडअफकोच एजुकेसन संजित सिह प्रशिक्षक रहनु भएको कोचिङ कोर्सका क्रममा सामुदायिक स्तरमा कसरी खेलाडीहरुलाई प्रशिक्षित गर्ने,उमेर समुहको प्रशिक्षण,आधुनिक कोचिङ,प्रशिक्षणसत्र संचालन प्रक्रिया,प्रशिक्षणको आधारभुत बुझाई,टेक्टिस,टेक्निक, स्किललगाएतका बारेमा प्रशिक्षण दिईनेछ ।

ज्ञानज्योती एजुकेसन फाउन्डेसनद्वारा संचालित ज्ञानज्योती एकेडेमी तुलसीपुर उपमहानगरपालिका ६ गोलौरा र बरुवागाँउमा चार दिनसम्म चल्ने कम्युनिटी कोचिङ कोर्समा सात प्रदेशका विभिन्न जिल्लाका ४३ जना सिनियर खेलाडीहरुको सहभागिता रहेको कार्यक्रमका संयोजक केशव चौधरीले जानकारी दिनुभएको छ । संघका उपाध्यक्ष पवन कुमार योगिको स्वागत रहेको कार्यक्रमको संचालन संघका महासचिव लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad