Ad Area

श्रीमानले कराही प्रहार गर्दा घाइते श्रीमतीको उपचारका क्रममा मृत्यु


देउखुरी २७ जेठ। देउखुरीको गढवामा श्रीमानले तरकारी पकाउने कराही प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ ।

गढवा गाउँपालिका २ पचहिया निवासी बर्ष २६ का रन्जित चौधरीले आफ्नै श्रीमती बर्ष २१ की कमला चौधरीलाई तरकारी पकाउने कराही प्रहार गर्दा मृत्यु भएको हो ।

गत जेष्ठ २४ गते राती करिब ९ बजेको समयमा श्रीमान रन्जितले श्रीमती कमलालाई तरकारी पकाउने कराही प्रहार गरी गम्भीर घाइते बनाएको र बुटवलको क्रमिसन हस्पिटल बुटवलमा उपचारका क्रममा आइतवार बिहान ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाकी प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभएको छ ।

श्रीमान रन्जितलाई ईलाका प्रहरी कार्यालय गढवाले आफ्नो नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको गढवा प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad