Ad Area

बिएफएल बन्यो लिग क्वालिफायर्सको च्याम्पियन


 

लक्ष्मण बस्नेत
दाङ,२८ जेठ । बिएफएल फुटबल क्लब दाङ जिल्ला स्तरिय लिग क्वालिफायर्स फुटबल प्रतियोगिता २०८१ को च्याम्पियन बनेको छ ।

दाङ जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ एन्फाको तत्त्वाधानमा बेल्झुन्डी रंगशाला संचालित प्रतियोगिताको सोमबार सम्पन्न फाईनल खेलमा लुम्बिनी फुटबल एकेडेमी घोराहीलाई पेनाल्टी सुट आउटमा २ का विरुद्ध ४ गोलले पराजित गर्दै बिएफएल फुटबल क्लब च्याम्पियन भएको हो ।

लिग क्वालिफायर्सको च्याम्पियन बनेको बिएफएलले च्याम्पियन ट्रफी,मेडल, प्रमाणपत्र हात पार्‍यो भने उपबिजेता लुम्बिनी फुटबल एकेडेमिले उपबिजेताको ट्रफी,मेडल, प्रमाणपत्र हात पार्‍यो ।

कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलको निर्धारित समय सम्म एक र एक गोलको बराबरी भएपछी खेलको नतिजा पेनाल्टी सुट आउट बाट निकालिएको प्रतियोगिताका संचालन समितिका संयोजक केशव चौधरीले जानकारी दिनु भएको छ ।

डिभिजन लिग क्वालिफायर्समा जिल्लाका ८ फुटबलको क्लबको सहभागिता रहेको थियो । खेल नकाउट प्रणाली आधारमा खेलाईएको थियो ।
यसैबिच प्रतियोगिताको समापन कार्यक्रम दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धितालको अध्यक्षता तथा दाङ जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष ध्रुव आचार्यको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रमको संचालन संघका महासचिव लक्ष्मण बस्नेतले गर्नु भएको थियो

Blog Post Ad

यसैबिच दाङ जिल्ला स्तरिय ए डिभिजन लिग फुटबल प्रतियोगिता २०८१ असार ५ गतेदेखि सुरु हुने भएको छ । लिगमा जिल्लाका १२ फुटबल क्लबबिच कडा प्रतिस्पर्धा हुनेछ । लिगको बिजेताले नगद ५० हजार, कप,मेडल प्रमाणपत्र हात पार्नेछ।त्यस्तै उपबिजेताले नगद २५ हजार,मेडल,प्रमाणपत्र हात पार्नेछ ।

Blog Post Ad Blog Post Ad