Ad Area

विपत व्यवस्थापन सम्बन्धी रिहरमा अन्तरक्रिया, सजकता अपनाउन आग्रह


श्रीराम दहित
रिहार,२९ जेठ । लमही नगरपालिका वडा नं ९ रिहार दाङ्गमा एक दिवसीय विपत व्यवस्थापन अन्तरक्रिया भएको छ ।

लमही नगरपालिका वडा नं ९ का वडा अध्यक्ष भेषबहदुर केसीको अध्यक्षतामा भएको अन्तरक्रियामा टोल विकास संस्था, विद्यालय प्रतिनिधि ,वित्तीय संस्था ,सामुदायिक वन,महिला संजाल,नेपाल प्रहरी ,राजनैतिक दल सरोकारवाला हरुको सहभागीता रहेको थियो। अन्तरक्रियामा वडा अध्यक्ष केसीले विषय प्रवेश गराएसंगै यस वडाको भौगोलिक अवस्थिति मानववस्ती खोला नदीतटीय क्षेत्र तथा सडक छेउछाउ जोखिम पूर्ण स्थानमा रहेको हुँदा विशेषगरी वर्षायाम सुरुवात हुनु पूर्व सतर्कता अपनाउनु अत्यावश्यक छ ।

दैवीप्रकोप तथा मानव सिर्जित प्रकोप आउनुको कारण निराकरण गरि जनधनको क्षति हुनबाट बचाउन समाधानका उपाय सतर्कता पूर्वतयारी गर्नु पर्ने सुझाएका थिए ।सडक दुर्घटना,आगलागी,बाढी पहिरो,भुकम्प,जलयात्रा लगायतमा जनधनको क्षति बेहोर्नु परेको तत्थ्य राखेको थिए ।


अन्तरक्रियामा जलवायु बिज्ञान फिल्ड कार्यालय हात्तीखालका खडगबहादुर गिरि,नेकपा एमाले प्रतिनिधि खिमबहादुर केसी, नेपाली कांग्रेसका प्रतिनिधि कृष्ण थापा,टोपेन्द्र पुन, बित्तीय संस्थाका प्रतिनिधि हेमनारायण चौधरी, महिला वडा सदस्यहरु ईश्वरा पछाई,मनजित खड्का, नेपाल प्रेस युनियन दाङका जिल्ला सदस्य श्रीराम दहित, टोल विकास संस्थाका मानसिंह ओलीलगायतले विचार राखेका थिए ।
वडा सचिब ललिता कडायतले सहजीकरण गरेको अन्तरक्रिया कार्यक्रममा विपत के हो ? समाधानका उपाय के के हुन सक्छन् ?लगायतका विषयमा प्रहरी चौकी रिहारका प्रमुख प्रहरी नायव निरीक्षक माधव रावतले उठेका जिज्ञासा समाधानका उपाय र वडा विपत व्यवस्थापनको औचित्य प्रस्ट्याएका थिए ।

Blog Post Ad Blog Post Ad