Ad Area

सिकलसेलबाट प्रभावित विद्यार्थीहरुलाई छात्रवृत्ति


घोराही, ३१ जेठ । सिकलसेल एनिमियाबाट प्रभावित विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । ग्रामीण महिला उत्थान केन्द्र दाङ र मेटलाईफ ईन्सोरेन्स काठमाडौको साझेदारीमा बिहीबार घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरका १५ जना सिकलसेल एनिमियाबाट प्रभावित विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो ।

ग्रामीण महिला उत्थान केन्द्र दाङका अध्यक्ष आसमानी चौधरीको अध्यक्षतामा युकेजीदेखि स्नातक तहसम्म अध्ययनरत  सिकलसेलबाट प्रभावित विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष चौधरीले आत्मनिर्भर र सशक्त समाजको सिर्जना गर्ने उद्देश्यले स्थापित संस्थाले शिक्षा, स्वास्थ्यसँगै सामाजिक क्षेत्रमा का स्थापनाकालदेखि काम गर्दै आएको बताउनुभयो ।

सामाजिक क्षेत्रमा क्रियाशील संस्थाका रुपमा रहेको ग्रामीण महिला उत्थान केन्द्रले समाजको हितका पक्षमा निरन्तर पैरवी गर्दै आएको बताउनुभयो । यसैगरी, अरु प्रभावितहरुलाई पनि विभिन्न चरणमा  सिलाईकटाई, ब्युटीपार्लर, तरकारी खेती तालिम र पशु तथा स्रोतको उचित व्यवस्थापन सम्बन्धि तालिम प्रदान गरिएको संस्थाका अध्यक्ष चौधरीले बताउनुभयो ।

कार्यक्रममा संस्थाका एचबी थापाले छात्रवृत्तिले विद्यार्थीहरुको शैक्षिक स्तर सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सिकलसेन प्रभावित बालबालिकाहरुको शिक्षामा गरिएको लगानीलाई लगनशिलताका साथ दैनिक जीवनमा लागु गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

छात्रवृत्ति पाउनुभएकी अस्मिता चौधरीले आफुहरुले पाएको सहयोगले शैक्षिक उन्नयनमा टेवा पुग्ने बताउनुभयो । स्वास्थ्यसँगै शिक्षा सबलीकरणका लागि संस्थाले गरेको सहयोगले आफुहरुमा थप आत्मविश्वास बढेको बताउनुभयो ।

Blog Post Ad

गत वर्षको असारमा नाराययणपुरमा आयोजित सिकलसेल पहिचान शिविरमा ४ सय १२ जनाको स्क्रिनिङ गर्दा ४१ जना सिकलसेलका बिरामी पहिचान भएका थिए । ती बिरामीहरुमध्ये १५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो । छात्रवृत्ति अन्तरगत विद्यार्थीहरुलाई ड्रेस, कापीकलम, पेन्सिल, जिओमेट्री बक्स, ब्याग, क्यालकुलेटरलगायत प्रदान गरिएको छ ।

संस्थाका कोषाध्यक्ष मीरा चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका पार्वती बस्नेतले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad