Ad Area

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय घोराहीको २६ औं वार्षिकोत्सब


घोराही,३२ जेठ । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एंव योग प्रशिक्षण केन्द्र नेपाल शाखा कार्यालय घोराहीले २६ औं वार्षिकोत्सब मनाएको छ । केन्द्रले घोराहीमा शुक्रबार कार्यक्रमको आयोजना गरेर २६ औं वार्षिकोत्सब मनाएको हो ।

कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले समाजलाई सकारात्मक सोचका साथ परिवर्तनका लागि ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एंव योग प्रशिक्षण केन्द्र उत्कृष्ट भूमिका खेल्दै आएको बताइन् । भौतिक विकाससँगै मानविय विकास आवश्यक रहेपनि सरकारले भौतिक विकासलाई प्राथमिकता दिँदा मानविय विकास कमजोर बन्न पुगेको र त्यसले समाजमा नकारात्मक भावनाको विकास भएको बताएकी थिइन ।

कार्यक्रममा बोल्दै बंगलाचुली गाँउपालिका उपाध्यक्ष भक्तबहादुर जिसीले समाजमा आध्यामिक चिन्तनका माध्यमबाट समाजमा सकारात्मक सोच विकास गर्ने काम गर्दै आएको बताए । भौतिक विकासका साथसाथै मानविय विकास महत्वपूर्ण भएको भन्दै उपाध्यक्ष जिसीले सकारात्मक सोचसँगै मानिवय व्यवहार परिवर्तनका लागि ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एंव योग प्रशिक्षण केन्द्रले जिल्लामा महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका थिए ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले योग र आध्यामिक चिन्तनका माध्यमबाट ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एंव योग प्रशिक्षण केन्द्रले जिल्लामा सामाजिक परिवर्तनका लागि ठुलो भूमिका निर्वाह गरेको भन्दै चर्चा गरेका थिए । स्वच्छ र स्वस्थ समाज निर्माण लागि आध्यामिक सशतिकरणका माध्यम लागुऔषध न्यूनीकरण, सकारात्मक सोचको विकासलगायतका क्रियाकलापहरु सञ्चालन गर्दै सस्थाले सहरदेखि गाउँगाउँसम्म स्व परिवर्तनका माध्यमबाट अन्धकार हटाउँदै सकारात्मक उर्जा थप्ने काम गरेको भन्दै यसलाई आगामी दिनमा थप सशक्त बनाउन आग्रह गरेका थिए । त्यसका लागि ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एंव योग प्रशिक्षण केन्द्रसँगसँगै सहकार्य गरेर अघि बढ्न तयार रहेको भन्दै प्रतिवद्धता व्यक्त गरेका थिए ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एंव योग प्रशिक्षण केन्द्र राप्ती प्रमुख राजयोगिनी गीता दिदीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख यज्ञबहादुर बुढा, नेपाल बार एसोसिएसनका पूर्व केन्द्रीय उपाध्यक्ष दिपककुमार रेग्मी, जाल्पा लघुवित्तय संस्थाका प्रमुख कार्यकारी अधिकृत बिमला योगी, नेपाल पत्रकार महसंघ दाङ शाखाका सचिव आर.के. शितल, मधुवन टोल विकास संस्थाका अध्यक्ष देवीप्रसाद पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । ब्रह्मकुमार शिवलाल महतराले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । २६ औं वार्षिकोत्सबका अवसरमा नियमित प्रशिक्षणमा सहभागी हुनेलाई सम्मान गरिएको थियो ।

ब्रह्मकुमारी यमुना बहिनीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकारण ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एंव योग प्रशिक्षण केन्द्र नेपाल शाखा कार्यालय घोराही प्रवक्ता एवं ब्रह्मकुमार माधव तिमिल्सेनाले गरेका थिए । कार्यक्रममा बालबालिकाले नृत्य समेत प्रस्तुत गरेका थिए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad