Ad Area

जिल्ला ‘ए’ डिभिजन लिगमा बडहरा फुटबल क्लवको बिजयी सुरुवात


भ्युमान पुन मगर
घोराही, ५ असार । दाङमा ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता–२०८१ सुरु भएको छ । दाङ जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ एन्फाको सहयोगमा बुधवारदेखि बेलझुण्डी रंगशालामा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा बडहरा फुटबल क्लब घोराहीले बिजयी भएको छ । बडहरा फुटबल क्लब घोराही र युनाईटेड फुटबल क्लब तुलसीपुरबिच भएको पहिलो खेलमा ४–१ गोल अन्तरले बडहरा बिजयी भएको थियो । खेलको ३५ औं मिनेटमा गोल खाएर १–० ले पछि परेको अवस्थामा कमव्याक जित निकाल्दै प्रतियोगितामा बडहराले बिजयी सुरुवात गरेको हो । खेलको ४० औं मिनेटमा बडहराका खेलाडी कपिल बुढाले १ गोल गर्दै खेल बराबरीमा लगेको थिए । पहिलो हाफमा १–१ गोल गरेर बराबरी खेलेपनि दोस्रो हाफमा बडहराले थप ३ गोल गर्दै जित निकाल्न सफल भएको हो । दोस्रो हाफमा बडहराको जितका लागि बिजेन्द्र घर्ती (राते)ले २ र कपिलले थप १ गोल गरेपछि खेल ४–१ गोल अन्तरले बडहरा बिजयी भएको थियो ।

असारको असार १९ गतेसम्म संचालन हुने प्रतियोगितामा जिल्लाका १२ क्लबको सहभागी रहेका छन् । लिग कम नकाउटका आधारमा खेलाइएको प्रतियोगितामा सहभागी क्लबलाई दुई समुहमा बिभाजन गरिएको छ । समूह ‘ए’ मा युनाईटेड फुटबल क्लब तुलसीपुर, न्यू स्टार फुटबल क्लब नारायणपुर, सक्सेस फुटबल तुलसीपुर, बडहरा फुटबल क्लब घोराही, एसएसएफए तुलसीपुर र इनोभेटिम ज्ञानज्योती फुटबल क्लब तुलसीपुर रहेका छन् ।

समूह ‘बी’ मा नवलपुर फुटबल एकेडेमी घोराही, टाईगर युवा क्लब तुलसीपुर, युएनबिसी घोराही, किसान जागृत युवा क्लब घोराही, राप्ती फुटबल क्लब घोराही र लक्ष्य युबा क्लब तुलसीपुर रहेको दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धितालले जानकारी दिनु भएको छ । समूह ‘ए’ र समूह ‘बी’ का बिजेता, उपबिजेता टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । लिगको बिजेता टिमले नगद ५० हजार, कप, मेडल प्रमाणपत्र हात पार्नेछ भने उपबिजेता टिमले नगद २५ हजार,मेडल, प्रमाणपत्र हात पार्नेछ ।

Blog Post Ad Blog Post Ad