Ad Area

अखाद्यबस्तुको बिक्रीवितरण रोक्न उपभोक्ता सचेतना आवश्यक


श्रीराम दहित
अमेलिया, ७ असार । उपभोक्ता सचेत नहुँदासम्म अखाद्यवस्तु ओसारपसार, बिक्री वितरण तथा कमसल वस्तुको प्रयोग गरि सार्बजनिक भौतिक संरचना निर्माण गर्ने कार्य नरोकिने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

लमही नगरपालिकाको आयोजनामा विहीवार रिहारमा भएको वडास्तरीय एक दिवस सचेतना गोष्ठीमा सहभागीले खाद्यबस्तु खरिदा गर्दासँगै सार्वजनिक भौतिक संरचना निर्माणमा ध्यानदिनुपर्ने बताएका हुन । खाद्यबस्तु स्वास्थ्यसँग र सार्वजनिक सम्पती समाजका लागि भएको भन्दै उनीहरुले मापदण्ड विपरीत सेवा गर्ने कार्यलाई रोक्न सहभागी सचेत हुनुपर्ने बताएका हुन ।

लमही नगरपालिका वडा नं ९ का वडा अध्यक्ष भेषबहादुर केसीले वडाबासी उपभोक्ताहरुको हितलाई मध्यनजर गरि उपभोक्ता सचेतना आयोजना गरेकोमा भन्दै यसले उपभोक्तालाई सचेत बन्न सहयोग गर्ने बताए । उपभोग्य वस्तु तथा सर्वसुलभ सार्बजनिक सेवा उपभोक्ता समक्ष पुर्याउन वडा कार्यालय प्रयत्नशील रहेको भन्दै त्यसका लागि उपभोक्ताहरु समेत सचेत बन्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा गायत्री टोल विकास संस्थाका श्रीराम दहितले जबसम्म उपभोक्ता स्वयंले स्वास्थ वस्तुको उपभोग र सार्बजनिक सेवा उपयोग स्वास्थ सर्वसुलभ प्राप्तिलाई मौलिक अधिकार दण्ड जरिवानाका विषयमा सुसूचित नहुँदासम्म जनधनको क्षति बेहोर्न बाध्य हुने बताए । कार्यक्रममा ईश्वरा पछाईले हरेक नागरिक आफ्नो स्वास्थ्यप्रति आफै सचेत नबन्दासम्म अखाद्यबस्तुको बिक्री वितरण नरोकिने बताइन ।

कार्यक्रममा वडा सदस्यहरु पार्वती विक, अमर वली, गणेश कुमाल,प्रहरी चौकी रिहारका प्रमुख प्रहरी नायब निरीक्षक माधव रावतलले मन्तव्य व्यक्त गरेका थिए । गोष्ठीमा टोल विकास, सामुदायिक वन, विद्यालय, स्थानीय व्यवसायीलगायतको प्रतिनिधिको सहभागीता रहेको थियो ।

प्रशिक्षकद्वय लमही नगरपालिका राजस्व शाखा प्रमुख रेशमलाल शर्मा तथा खाद्य प्रविधि तथा गुणस्तर कार्यालयका राजेश चौधरीले उपभोक्ता को हुन् ?उपभोक्ता हरुले उपभोग्य गुणस्तरीय खाद्यान्न तथा सर्वसुलभ सार्वजनिक सेवा उपयोग गर्न पाउनु मौलिक अधिकारको रूपमा संबिधानमा व्यवस्था नियमन गर्ने निकाय दण्ड जरिवाना नेपाल सरकारले उपभोक्ता हित संरक्षणका लागि कार्यसमिति गठनलगायतका बारेमा जानकारी गराएका थिए ।

Blog Post Ad

मदिराजन्य पदार्थ, दुध दहि, घ्यू ,तेललगायतका खाद्यवस्तुमा अखाद्यवस्तु मिश्रण म्याद गुज्रिएका वस्तुको बिक्रीवितरण, नापतौल लगायतका विषयमा उपभोक्ता सचेत रहनुपर्ने बताए । शिक्षा, स्वास्थ्य, सुरक्षा निकाय, खानेपानी, विद्युत, ईन्टरनेट,बाटोघाटो, यातायात,सरकारी कार्यालयहरुबाट प्रदान गरिने सेवा गुणस्तरीय उपभोग्य हुनुपर्ने डकुमेन्ट्रीमार्फत प्रशिक्षण दिइएको सचेतना गोष्ठीको सहजीकरण वडा सचिब ललिता कडायतले गरेकी थिइन् ।

Blog Post Ad Blog Post Ad