Ad Area

जिल्ला ‘ए’ डिभिजन लिगमा न्यु स्टार फुटबल एकेडेमी बिजयी


घोराही, ७ असार  । दाङमा जारी ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता–२०८१ अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा न्यु स्टार फुटबल एकेडेमी नारायणपुर बिजयी भएको छ ।

दाङ जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ एन्फाको सहयोगमा तुलसीपुर उपमहानगरपालिका–१८ स्थीत बेलझुण्डी रंगशालामा भएको खेलमा एसएसएफएलाई सुन्यका बिरुद्ध दुई गोल गर्दै न्यु स्टार फुटबल एकेडेमी नारायणपुर बिजयी भएको हो ।

प्रतिष्पर्धात्मक खेलको पहिलो हाफमा न्यु स्टार फुटबल एकेडेमीका क्याप्नेटन दिपेश पुनले गोल गर्दै टिमलाई अग्रता दिएका थिए । पहिलो हाफमा सून्यका बिरुद्ध एक गोलले अग्रता लिएको न्यु स्टारले दोश्रो हाफमा थप एक गोल गर्दै २–० गोल अन्तरले खेल जित्न सफल भएको हो । न्यु स्टारका लागि दोश्रो गोल सुजन विकले गरेका थिए । उक्त खेलमा न्यू स्टारका खेलाडी दिपेश पुन म्यान अफ द म्याच घोषित भएका थिए ।

जीतसँगै न्यु स्टार फुटबल एकेडेमीले तीन अंक जोडेको छ । पहिलो खेलमा इनोभेटिम ज्ञानज्योती फुटबल क्लब तुलसीपुरलाई १–२ गोल अन्तरले पराजित गर्दै तीन अंक जोडेको एसएसएफए दोश्रो खेलमा हार बोहोर्दा महत्वपूर्ण तीन अंक गुमाउन पुगेको हो । न्यु स्टार फुटबल एकेडेमी पहिलो खेलमा सक्सेस फुटबल क्लवसँग २–० ले पराजित हुन पुगेको थियो ।

शुक्रवारको दोश्रो खेल बडहरा फुटबल क्लब घोराही र सक्सेस फुटबल क्लव तुलसीपुर र तेश्रो खेल इनोभेटिम ज्ञानज्योती फुटबल क्लब र युनाईटेड फुटबल क्लबका बिच हुने छ । असारको १९ गतेसम्म संचालन हुने प्रतियोगितामा जिल्लाका १२ क्लबको सहभागी रहेका छन् । लिग कम नकाउटका आधारमा भइरहको प्रतियोगितामा समूह ‘ए’ मा युनाईटेड फुटबल क्लब तुलसीपुर, न्यू स्टार फुटबल एकेडेमी नारायणपुर, सक्सेस फुटबल क्लव तुलसीपुर, बडहरा फुटबल क्लब घोराही, एसएसएफए तुलसीपुर र इनोभेटिम ज्ञानज्योती फुटबल क्लब तुलसीपुर रहेका छन् ।

समूह ‘बी’ मा नवलपुर फुटबल एकेडेमी घोराही, टाईगर युवा क्लब तुलसीपुर, युएनबिसी घोराही, किसान जागृत युवा क्लब घोराही, राप्ती फुटबल क्लब घोराही र लक्ष्य युबा क्लब तुलसीपुर रहेका छन् । लिगको बिजेता टिमले नगद ५० हजार, कप, मेडल प्रमाणपत्र हात पार्नेछ भने उपबिजेता टिमले नगद २५ हजार,मेडल, प्रमाणपत्र हात पार्नेछ । प्रतियोगिताअन्तर्गत विहान एक र साँझ दुई वटा खेलहरु भइरहेका छन् ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad