Ad Area

घोराही उपमहानगरको बजेट दुई अर्व ४२ करोड


घोराही, ९ असार । दाङको घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि अनुमानित दुई अर्व ४२ करोड ७७ लाख बढी रुपियाँको अनुमानित आयव्यय प्रस्तुत गरेको छ ।

घोराही उपमहानगरपालिकाको आइतवार भएको नगरसभाको १५ औं अधिवेशनमा उपप्रमुख हुमाकुमारी डिसीले आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि चालुतर्फ एक अर्ब २८ करोड ३ लाख ४० हजार र पुँजीगततर्फ ८७ करोड ५१ लाख ४३ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत कुल बजेट २ अर्ब ४२ करोड ७७ लाख १८ हजारमध्ये १ अर्ब २७ करोड १० लाख १२ हजार अर्थात ५२.३५ प्रतिशत चालु खर्च र १ अर्ब १५ करोड ६७ लाख ६ हजार अर्थात ४७.६५ प्रतिशत पुँजीगत खर्च रहेको छ ।

बिनियोजित रकममध्ये संघ सरकारबाट प्राप्त हुने सशर्त अनुदान ८२ करोड ९७ लाख ५८ हजारमध्ये ११ करोड ६३ लाख २० हजार अर्थात १४.०२ प्रतिशत पुँजीगत खर्च र ७१ करोड ३४ लाख ३८ हजार अर्थात ८५.९८ प्रतिशत चालु खर्च रहेको छ । त्यस्तै प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान ३ करोड ६४ लाख ६२ हजारमध्ये ३ करोड ६० लाख अर्थात ९८.७३ प्रतिशत पुजीगत खर्च र ४ लाख ६२ हजार अर्थात १.२७ प्रतिशत चालु खर्च रहेको छ ।

संघ तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानिकरण अनुदान,राजश्व बाँडफाँड र रोयल्टी तथा उपमहानगरपालिकाको आन्तरिक आय (घर जग्गा रजिष्ट्रेशन, बैंक मौज्दात समेत)बाट विनियोजन गरिएको बजेट १ अर्ब ५६ करोड १४ लाख ९८ हजारमध्ये ५५ करोड ७१ लाख १२ हजार अर्थात ३५.६८ प्रतिशत चालु खर्च र १ अर्ब ४३ लाख ८६ हजार अर्थात ६४.३२ प्रतिशत पुँजीगत खर्च रहेको उपप्रमुख डिसीले नगरसभामा जानकारी गराउनुभएको थियो ।

आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक आय (घर जग्गा रजिष्ट्रेसन समेत) बाट ५५ करोड ८८ हजार, संघीय वित्तीय समानिकरण अनुदानबाट ३० करोड ३१ लाख, संघीय राजश्व बाँडफाँडबाट २६ करोड ७० लाख २६ हजार ६०१, संघीय रोयल्टी बाँडफाँडबाट ९ लाख ७३ हजार ३ सय ९९, संघीय सशर्त अनुदानबाट ८२ करोड २२ लाख ५८ हजार र संघीय बिशेष अनुदानबाट ७५ लाख आम्दानी हुने अनुमानित गरिएको छ । ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad