Ad Area

दाङ जिल्ला ‘ए’ डिभिजन लिगमा बडहराको तेस्रो जित


भ्युमान पुनमगर
घोराही, ९ असार । दाङ जिल्ला ‘ए’ डिभिजन लिगको पाँचौं दिनबडहरा युवा क्लब, न्यु स्टार फुटबल एकेडेमी र युनाइटेड युवा क्लव विजयी भएका छन्।

जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आइतवार बिहान बेलझुण्डी रंगशालामा भएको पहिलो खेलमा न्यु स्टारले इनोभेटिम ज्ञानज्योती फुटबल क्लब तुलसीपुरलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

त्यसैगरी दोस्रो खेलमा यूनाइटेड युवा क्लवले सक्सेस फुटबल क्लबलाई ३-१ गोल अन्तरले पराजित गरेको छ। दुवै क्लवले आफ्नो खातामा ३ \३अंक जोड्न सफल भएका छन्। आइतबार भएको तेस्रो खेलअन्तर्गत बडहरा युवा क्लवले एसएसएफएलाई १०-०गोल अन्तरले पराजित गरेको छ। बिजयी बनेसँगै बडहरा‌ युवा क्लबले जारी जिल्लास्तरीय लिगमा ९ अंक जोड्न सफल भएको छ । समान तीन खेल खेलिसक्दा तीनै खेलमा बडहरा क्लबले जित निकाल्न सफल भएको छ ।

दाङ जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ एन्फाको सहयोगमा भएको प्रतियोगिता असारको १९ गतेसम्म संचालन हुने छ । प्रतियोगितामा जिल्लाका १२ क्लबको सहभागी रहेका छन् । लिग कम नकाउटका आधारमा भइरहको प्रतियोगितामा समूह ‘ए’ मा युनाईटेड फुटबल क्लब तुलसीपुर, न्यू स्टार फुटबल एकेडेमी नारायणपुर, सक्सेस फुटबल क्लव तुलसीपुर, बडहरा फुटबल क्लब घोराही, एसएसएफए तुलसीपुर र इनोभेटिम ज्ञानज्योती फुटबल क्लब तुलसीपुर रहेका छन् ।

समूह ‘बी’ मा नवलपुर फुटबल एकेडेमी घोराही, टाईगर युवा क्लब तुलसीपुर, युएनबिसी घोराही, किसान जागृत युवा क्लब घोराही, राप्ती फुटबल क्लब घोराही र लक्ष्य युबा क्लब तुलसीपुर रहेका छन् । लिगको बिजेता टिमले नगद ५० हजार, कप, मेडल प्रमाणपत्र हात पार्नेछ भने उपबिजेता टिमले नगद २५ हजार,मेडल, प्रमाणपत्र हात पार्नेछ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad