Ad Area

सातौँ एसिया अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा अल्फालाई १४ स्वणसहित २६ पदक


घोराही, १० असार । सातौँ खुल्ला अन्तर्राष्ट्रिय एसिया तेक्वान्दो च्याम्पियनसिपमा दाङको अल्फा तेक्वादो डोजाङका खेलाडीले १४ स्वर्णसहित २६ पदक जितेका छन् । तेक्वान्दो काउन्सील अफ इण्डियाको आयोजनामा असारको ७, ८ र ९ गते भारतको गोहामा भएको सातौँ खुल्ला अन्तर्राष्ट्रिय एसिया तेक्वान्दो च्याम्पियनसिपमा १४ स्वर्ण, सात रजत र पाँच काश्य पदक गरेर २६ पदक जित्न सफल भएका हुन ।

प्रतियोगितामा उत्कृष्ठ खेल क्षमता प्रदर्शन गर्दै सिनियरतर्फ ५४ केजी तौल समूहमा बिरेन्द्र डाँगी, जुनियरतर्फ ४८ केजी तौल समूहमा खेलाडी बसन्त विष्ट, ५१ केजी तौल समूहमा कमल खड्का, ५९ केजी तौल समूहमा सन्देश सुनारले स्वर्ण पदक जित्न सफल भएका हुन । त्यसैगरी महिलातर्फ ४४ केजी तौल समूहमा रञ्जु भुसाल, ६३ केजी तौल समूहमा बन्दना चौधरी, व्यक्तिगत पुम्सेतर्फ बिमल योगी, अस्मिता बुढा, युवराज वली, सागर चौधरी र आयुषासिंह ठकुरीले स्वर्ण पदक जित्न सफल भएको टिम कोचको भूमिकामा रहेकी सुनिता विष्टले जानकारी दिएकी छिन् ।

त्यसैगरी प्रतियोगितामा जोडी पुम्सेतर्फ निशान पुनमगर र युवराज वली, बिमल योगी र निर्मला विष्ट र रञ्जु भुसाल र बसन्त विष्टले स्वर्ण पदक जित्दै देशको नाम राख्न सफल भएका हुन । प्रतियोगितामा पुरुषतर्फ ४८ केजी तौल समूहमा रोशन हमाल, ५९ केजी तौल समूहमा अजय न्यौपाने, ५१ केजी तौल समूहमा सौरव परिवार, ७४ केजी तौल समूहमा कृष्ण पुन मगर, व्यक्तिगत पुम्सेतर्फ निशान पुनमगर र निर्मला विष्ट, जोडी पुम्सेतर्फ अस्मिता बुढा र सागर चौधरीले रजत पदक जित्न सफल भएका थिए ।

पुरुषतर्फ ५५ केजी तौल समूहमा खेलाडीहरु रिमोट झाक्री मगर, ५१ केजी तौल समूहमा आयुषासिंह ठकुरी, महिलातर्फ ३८ केजी तौल समूहमा समी जिएम र ४४ केजी तौल समूहमा एन्जल थापा र व्यक्तिगत पुम्सेतर्फ खेलाडी निशान पुनले देशका लागि काश्य पदक जितेको टिम कोच  विष्टले जानकारी दिएकी छिन् । उक्त प्रतियोगितामा घोराहीमा रहेको अल्फा तेक्वान्दो डोजाङबाट २२ जना खेलाडीले सहभागीता जनाएका थिए । प्रतियोगितमा भारतसहित नेपाललगायत एसिया क्षेत्रमा विभिन्न देशका चार सय बढी खेलाडीको सहभागीता रहेको थियो । बिजेता खेलाडीहरुले ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

Blog Post Ad Blog Post Ad