Ad Area

लुगुम्याल खाम समाजमा सहकोषाध्यक्ष र दुई सदस्य मनोनित


भ्यूमान पुन मगर
घाेराही,९ असार । घोराही उपमहानगरपालिका-१८‌ स्थित ढाेडेनीमा रहेको लुगुम्याल खाम समाजको भवनमा हरेक महिनाको १०गते मासिक बैठक सम्पन्न भएकाे छ ।

भएकाे मासिक बैठकमा हरेक बर्ष जस्तै यस बर्ष पनि लगुम्याल खाम समाज दाङले भूमे पर्व २०८१ साल भब्यताका साथ सफल भएकाे हाे साथै भूमे पर्वकाे अवसरमा उठेको दानदक्षिणा रकम एक लाख चौहत्तर हजार नौ सय पचपन्न रुपैयाँ उठाएको लुगुम्याल खाम समाज दाङका सचिव गणेशप्रसाद पुन बताउनुहुन्छ।

लुगुम्याल खाम समाज दाङले सह-कोषाध्यक्ष र अन्य दुई सदस्यलाई मनाेनीत गरेका छन। लामो समयदेखि समाजकाे ‌सदस्य बसेर समाजका लागि आवाज उठाउने, समाजकाे हकहितको सवालमा लाग्ने जामन पुन मगर सह-कोषाध्यक्षमा नियुक्त भएका छ्न् ‌भने सदस्यमा भ्युमान पुनमगर र सरिस्मा परियार भएका छ्न्
समाजका अध्यक्ष धर्मबहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार टेकविर पुनले स्वागत र सचिव गणेशप्रसाद पुनले कार्यक्रम सञ्चालन गरेका हुन् ।

Blog Post Ad Blog Post Ad