Ad Area

दाङमा चट्याङबाट बालकको मृत्यु


घोराही, १० असार । दाङमा चट्याङ लागेर दश बर्षीय बालकको मृत्यु भएको छ ।

सोमवार बेलुका करिब ६ बजेतिर घरको आगनमा बसेर मोबाइल चलाई रहेको समयमा नजिकै रहेको भाँडा राख्ने ¥याकमा चट्याङले लाग्दा तुलसीपुर उपमहानगरपालिका–४ खाद्रे निवासी दश बर्षीय सुबास बिकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रकाश थापाले जानकारी दिनुभउको छ ।

चट्याङले लागेर घाइते हुनुभएका बालकलाई उपचारका लागि तुलसीपुरस्थीत राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको लागि ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

Blog Post Ad Blog Post Ad