Ad Area

दंगीशरण गाउँपालिकाको बजेट ४३ करोड ३२ लाख


घोराही, १० असार । दाङको दंगीशरण गाउँपालिकाले आर्थिक बर्ष २०८१÷८२ का लागी ४३ करोड ३२ लाख १८ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

दंगीशरण गाउँपालिकाको १७ औ गाउँसभा तथा अधिबेशनमा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले गत आर्थिक बर्षको भन्दा ७९ लाख ६४ हजार बजेट घटाएर आगामी आर्थिक बर्षका लागि ४३ करोड ३२ लाख १८ हजार बजेट प्रस्तुत गर्नु भएको हो ।

गाउँपालिकाले गत आर्थिक बर्ष ४४ करोड ११ लाख ८२ हजार बिनियोजन गरेको थियो । आगामी आर्थिक बर्षका लागी शिक्षा, स्वास्थ्य, कृषि,श्रम र उधमशिलतालाई प्राथमिकतामा राख्दै बजेट ल्याएको हो ।
आगामी आर्थिक बर्षका लागि चालुतर्फ २८ करोड १४ लाख ६८ हजार र पँुजीगततर्फ १५ करोड १७ लाख ५० हजार बिनियोजन गरेको छ ।

सर्शत अनुदान बापत संघीय सरकारबाट प्राप्त हुने १६ करोड ९७ लाख ६ हजार, संघीय विशेष अनुदान १ करोड ८० लाख,संघीय समपुरक अनुदान ५० लाख तथा प्रदेश सरकारबाट प्राप्त हुने ससर्त अनुदानतर्फको ७० लाख र प्रदेश समपुरक अनुदान तर्फकाृे ७० लाख रुपियाँ बजेट बिनियोजन गरिएको गाउँसभामा उपाध्यक्ष खड्काले जानकारी गराउनुभएको थियो ।

आगामी आर्थिक बर्षका लागि गाउँपालिकाबाट बिषयगत क्षेत्रकालागि ६ करोड २४ लाख ८२ हजार बिनियोजन गरिएको छ । यसैगरी आर्थिक विकासतर्फ ७२ लाख ५० हजार, सामाजिक विकासतर्फ ३ करोड ३ लाख ५७ हजार, पूर्वाधार विकासका लागि २ करोड ५ लाख, बन बाताबरण तथा बिपद ब्यबस्थापनमा १० लाख ५० हजार, सस्थागत विकास तथा सुशासन क्षेत्रमा ३३ लाख २५ हजार, वडागत विकास क्षेत्रका लागी ३ करोड ५० लाख, समपुरक अनुदानबाट सन्चालन हुने योजनाहरुमा लागत सहभागीताका लागी समपुरक कोषका लागी २ करोड, गाउँपालिकाबाट संचालन हुने योजनाहरुका लागी १ करोड ५५ लाख बिनियोजन गरिएको जानकारी गराउनुभएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad