Ad Area

दाङ जिल्ला ‘ए’ डिभिजन लिग फुटबल : नवलपुर, राप्ती र युएनबीसी विजयी


भ्युमान पुनमगर
घोराही, १० असार । दाङमा जारी ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा सोमवार भएका खेलहरुमा नवलपुर फुटबल एकेडेमी, राप्ती क्लब र युएनबीसी विजयी भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका–१८ स्थीत बेलझुण्डी रंगशालामा भएको पहिलो खेलमा नवलपुर फुटबल एकेडेमीले टाईगर युथ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । नवलपुरको जितका लागि खेलाडी सागर चौधरी र निशान जिएमले एकएक गोल गरेका थिए । जितसँगै नवलपुरले जारी लिगतमा ६ अंक जोड्न सफल भएको छ । पराजित टाइगर युथ क्लवको तीन अंक मात्र रहेको थियो ।

त्यसैगरी दोश्रो खेलमा राप्ती क्लव घोराहीले लक्ष्य युवा क्लव क्लव तुलसीपुरलाई पराजित गर्दै जारी प्रतियोगितामा महत्वपूर्ण ९ अंक जोड्न सफल भएको छ । राप्तीले लक्ष्य युवालाई ५–० गोल अन्तरले पराजित गरेको थियो । राप्तीको जितका लागि खेलाडीहरु बसन्त रोका,बिशाल खड्का,एसकेवाई घर्ती, लेमन सागर डिसी र हिरा विकले १÷१ गोल गरेका थिए । पराजित लक्ष्य जारी प्रतियोगितमा जीत विहिन रहेको छ ।

सोमवार भएको लिगको अन्तिम खेलमा युएनबिसीले किसान जागृत युवा क्लवलाई ५–१ गोल अन्तरले पराजित गरेको छ । बिजयी युएनबिसीले लिगमा महत्वपूर्ण ९ अंक जोड्न सफल भएको छ भने किसान जागृत युवा क्लवको तीन अंक मात्र रहेको छ । युएनबिसीको जितका लागि खेलाडीहरु बादल योगीले दुई गोल र खुमबहादुर वली, एन्जस रोका र जगत बुढाले १÷१ गोल गरेका थिए । किसान जागृत युवा क्लवको तर्फबाट सुजन चौधरीले एक मात्र गोल गरेका थिए । तीन खेल खेलेको किसानले एक खेलमा मात्र जित निकाल्दै तीन अंक जोडेको छ ।

दाङ जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ एन्फाको सहयोगमा भएको प्रतियोगिताका खेलहरु लिग कम नकाउटका आधारमा भइरहका छन् । प्रतियोगितामा समूह ‘ए’ मा युनाईटेड फुटबल क्लब तुलसीपुर, न्यू स्टार फुटबल एकेडेमी नारायणपुर, सक्सेस फुटबल क्लव तुलसीपुर, बडहरा फुटबल क्लब घोराही, एसएसएफए तुलसीपुर र इनोभेटिम ज्ञानज्योती फुटबल क्लब तुलसीपुर रहेका छन् ।

Blog Post Ad

समूह ‘बी’ मा नवलपुर फुटबल एकेडेमी घोराही, टाईगर युवा क्लब तुलसीपुर, युएनबिसी घोराही, किसान जागृत युवा क्लब घोराही, राप्ती फुटबल क्लब घोराही र लक्ष्य युबा क्लब तुलसीपुर रहेका छन् । लिगको बिजेता टिमले नगद ५० हजार, कप, मेडल प्रमाणपत्र हात पार्नेछ भने उपबिजेता टिमले नगद २५ हजार,मेडल, प्रमाणपत्र हात पार्नेछ । प्रतियोगिताअन्तर्गत विहान एक र साँझ दुई वटा खेलहरु भइरहेका छन् ।

Blog Post Ad Blog Post Ad