Ad Area

राजपुरमा चट्याङ लागेर महिलाको मृत्यु


दुःखहरण यादव
देउखुरी,१५ असार ।

दाङको राजपुरमा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ ।

खेतमा काम गरिरहेको समयमा शुक्रवार साँझ करिव ७ :३० बजे परेको चट्याङ लागेर घाइते हुनुभएकी राजपुर गाउपालिका–२ मटेरिया निवासी करिव ४० बर्षीया भुमिसरा बुढामगरको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका बरिष्ठ प्रहरी निरीक्षक उज्जवल शाहले जानकारी दिनुभएको छ ।

बरिष्ठ प्रहरी निरीक्षक शाहका अनुसार उपचारका लागि लमही अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक भुमिसराको शब लमही अस्पतालमा राखिएको छ ।

Blog Post Ad Blog Post Ad