Ad Area

गुरौका विद्यार्थीलाई लायन्स क्लब अफ दाङ नारायणपुरको सहयोग


दाङ,१५ असार। लायन्स क्लब अफ दाङ नारायणपुरले घोराही उपमहानगरपालिकाको १२ मा रहेको गुराँस प्राथमिक विद्यालय गुरौँका वालवालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । उपमहानगरपालिका भित्रको विकट क्षेत्रमा रहेको विद्यालयमा अध्ययन गर्ने २६ जना वालवालिकालाई आज एक कार्यक्रमको आयोजना गरी शैक्षिक सामग्री वितरण गरिएको हो । क्लबले वालवालिकाहरुका लागि झोला, कापी कलम, पानी पिउने बोत्तल, खेलकुदका सामग्री गरी ५२ हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको क्लबका पुर्व अध्यक्ष शरद गौतमले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष गणबहादुर घर्तिको प्रमूख आतिथ्यमा भएकोमा भएको शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्ने बक्ताहरुले राज्यको उपस्थीती नभएको विकट वस्तीमा रहेका गरिव परिवारका वालवालिकालाई सामाजिक उत्तरदायित्व वहन गर्दै क्लबले गरेको कार्यको प्रसंशा गरेका थिए । क्लबका प्रथम उपाध्यक्ष युवराज पोख्रेलको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा पुर्व अध्यक्षहरु गोपाल लम्शाल, केशब थापा, शरद गौतम, शंकर बस्नेत, नारायणपुर उद्योग बाणिज्य संघका अध्यक्ष अनिल बस्नेत, उपाध्यक्ष बसन्त न्यौपाने, कोषाध्यक्ष नारायण भट्टराई लगाएतले विकट वस्तीका वालवालिकाको शैक्षिक यात्रामा सहयोगी भूमिका निर्वाह गर्न पाएकोमा खुसी व्यक्त गर्नु भएको थियो ।
क्लबका अध्यक्ष अभियान वस्नेतको अध्यक्षतामा भएको शैक्षिक सामग्री वितरण कार्यक्रमको सहजीकरण सचिब कुलप्रसाद रजौरे श्रवणले गर्नु भएको थियो । यसैबिच क्लबका अध्यक्ष अभियान बस्नेतले विद्यालयमा अध्ययन गर्ने एक जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई १२ कक्षा सम्म निशुल्क पठनपाठनको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । विद्यालय व्यवस्थापन समितीले सिफारीस गरेका एक जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई दाङ जिल्लाको जुनसुकै विद्यालयमा अध्ययन गरेपनि अध्ययनको सम्पुर्ण खर्च आफुले व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।

Blog Post Ad Blog Post Ad