Ad Area

रोल्पामा जीप दुर्घटना, आठ जनाको मृत्यु


रोल्पा,१७ असार । रोल्पामा जिप दुर्घटना हुँदा एक बच्चासहित आठजना मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

माडी गाउँपालिका २, घर्तीगाउँबाट माडी ४, तलाबाङ जाँदै गरेको लु १ज ३२५२ नम्बरको जिप परेवा छहरामा सोमबार दिउँसो दुघर्टना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

दुर्घटनाका मृत्यु भएकाहरु अधिकांश रोल्पा तालावाङका रहेको बुझिएको छ तर अझैसम्म पहिचान खुलेको छैन । घाइतेहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र घर्तीगाउँमा पठाएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डीएसपी भरत लामाले जानकारी दिनुभएको छ ।

दुर्घटनामा घाइतेहरूको अवस्था चिन्ताजनक छ । जिप सडकबाट करिब ४ सय मिटर तल खसेको छ । प्रहरीका अनुसार घटनाको थप विवरण आउन बाँकी छ ।

Blog Post Ad Blog Post Ad