Ad Area

जिल्ला ‘ए’ डिभिजन लिग फुटबल : फाइनलमा न्यु स्टार र बडहरा भिड्ने


भ्युमान पुन मगर
घोराही, १७ असार । दाङ जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता–२०८१ को फाइनलमा न्यु स्टार फुटबल एकेडेमी नारायणपुर र बडहरा फुटबल क्लव घोराही भिड्ने भएका छन् ।

बेलझुण्डी रंगशालामा सोमवार भएको पहिलो सेमिफाइनल खेलमा बडहरा फुटबल क्लवले १–० गोल अन्तरले युएनबिसी र न्यु स्टार फुटबल एकेडेमीले राप्ती क्लव घोराहीलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलको भेट पक्का गरेका हुन ।

दाङ जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ एन्फाको सहयोगमा भएको प्रतियोगिताको फाइनल खेल असार १८ गते मंगलवार दिउँसो १ बजेदेखि सुरु हुने छ । लिगको बिजेता टिमले नगद ५० हजार, कप, मेडल प्रमाणपत्र हात पार्नेछ भने उपबिजेता टिमले नगद २५ हजार,मेडल, प्रमाणपत्र हात पार्नेछ । प्रतियोगितामा विधागत रुपमा पनि खेलाडीहरुलाई पुरस्कृत गरिनेछ ।

असारको ५ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका १२ क्लबको सहभागी रहेका थिए । लिग कम नकाउटका आधारमा खेलाइएको प्रतियोगितामा सहभागी क्लबलाई दुई समुहमा बिभाजन गरिएको छ । जसअन्तर्गत समूह ‘ए’ मा युनाईटेड फुटबल क्लब तुलसीपुर, न्यू स्टार फुटबल क्लब नारायणपुर, सक्सेस फुटबल तुलसीपुर, बडहरा फुटबल क्लब घोराही, एसएसएफए तुलसीपुर र इनोभेटिम ज्ञानज्योती फुटबल क्लब तुलसीपुर रहेका छन् । समूह ‘बी’ मा नवलपुर फुटबल एकेडेमी घोराही, टाईगर युवा क्लब तुलसीपुर, युएनबिसी घोराही, किसान जागृत युवा क्लब घोराही, राप्ती फुटबल क्लब घोराही र लक्ष्य युबा क्लब तुलसीपुर रहेको छ ।

Blog Post Ad Blog Post Ad