Ad Area

बंगलाचुलीको एम्बुलेन्स नर्तीमा दुर्घटना, दुई जना घाईते


घोराही, १८ असार । दाङबाट बुटवल बिरामी पुर्याएर फर्किँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ । जिल्लाको बंगलाचुली गाउँपालिकाको रा १ झ १३२ नम्बरको एम्बुलेन्स पूर्व पश्चिम राजमार्ग अन्तरगत लमही भालुवाङ सडक खण्डको नर्तीमा दुर्घटनामा परेको हो ।

लमही नगरपालिका वडा नम्बर १ नर्तीमा गएराति करीव ३ बजेतिर आफै अनियन्त्रित भई एम्बुलेन्स पल्टिँदा एम्बुलेन्स चालक र अर्का एक जना घाईते भएका छन् ।

दुर्घटनामा परी घाईते हुनेमा एम्बुलेन्स चालक बंगलाचुली गाउँपालिका वडा नम्बर ३ बस्ने वर्ष २६ का विशाल बिक र एम्बुलेन्समा सवार घोराही उपमहानगरपालिका १८ बस्ने वर्ष १६ की पूर्णीमा पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो ।

चालक बिकको टाउको, छाती र ढाडमा चोट लागेको छ भने पुनको टाउको र कम्मरमा चोट लागेको छ । घाईते दुवै जनाको लमही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण अनियन्त्रित भई एम्बुलेन्स पल्टिएको हुन सक्ने प्रहरीले जनाएको छ । घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad