Ad Area

दाङ जिल्ला ‘ए’ डिभिजन लिगमा न्यु स्टार च्याम्पियन


घोराही, १८ असार । न्यु स्टार फुटबल एकेडेमी नारायणपुर दाङ जिल्ला क्लब स्तरीय ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता २०८१ को च्याम्पियन बनेको छ ।

दाङ जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ एन्फाको सहयोगमा मंगलवार तुलसीपुर उपमहानगरपालिका–१८ स्थीत बेलझुण्डी रंगशालामा भएको फाइनल खेलमा बडहरा फुटबल क्लब घोराहीलाई २ का विरुद्ध ४ गोलले पराजित गर्दै न्यु स्टार फुटबल एकेडेमी नारायणपुर लिग च्याम्पियन बनेको हो ।

लिग च्याम्पियनको उपाधि चुमेको न्यु स्टारले नगद ५० हजार, कप, मेडल, प्रमाणपत्र हात पारेको छ । फाइनलमा सम्मानजनक हार ब्यहोरेको बडहरा फुटबल क्लब उपबिजेतामा सिमित रहदै नगद २५ हजार,कप,तथा मेडल प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । कडा प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको ८ औ मिनेटमा बडहराका जर्सी नं. ७ का रिवन बुढाले सुरुवाती गोल गरेर अग्रता दिलाएपनि न्यु स्टारका जर्सी न ९ का राम शाहीले पहिलो हाफ्को ३३ औ मिनेटमा जवाफी गोल गर्दै टिमलाई १–१ को बराबरी गर्न सफल हुनुभएको थियो ।

खेलको दोस्रो हाफमा लयमा देखिएको न्यु स्टारका जर्सी नं. ८ का खेलाडी दिपेश पुनले ४४ आंै, जर्सी नं. ७ का नवीन बिढाले ६४ औं र जर्सी नं. १० का भिमसेन थापाले ७३ औं मिनेटमा गोल गर्न सफल हुनुभएको थियो । दोसो हाफमा दवाबमा परेको बडहराकातर्फबाट जर्सी नं. १० का प्रदिप सुनारले इन्जुरी समयमा गोल गर्दै टिमलाई ४–२ गोल अन्तरमा ल्याउनुभएको थियो । दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धितालको अध्यक्षता तथा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरण गौतमको प्रमुख आतिथ्य एवं लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य जनक केसीको विशिष्ट आतिथ्यमा खेलाडीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगितामा बेष्ट प्लेयर खेलाडी बडहरा युथ क्लबका प्रदिप सुनार, हाई स्कोरर बडहराकै रेवन बुढामगर, न्यु स्टारका खेलाडीहरु दिपेश पुन बेष्ट मिडफिल्डर, विकेश चौधरी बेष्ट डिफेन्डर, समर्पन थापा वेष्ट गोलपिकर र लक्ष्य युवा क्लबका विशाल रावत राईजिङ प्लेयर घोषित हुनुभएको थियो । असारको ५ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका १२ क्लबको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण महासचिव लक्ष्मण बस्नेतले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad