Ad Area

विद्यार्थी नेता डिसीद्वारा जन्मदिनमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग


घोराही, २० असार । अनेरास्ववियू केन्द्रीय सदस्य, दाङ महिला जेसीज तालिम निर्देशक एवम् स्वास्थ्यकर्मी भीमा डिसीले विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेर आफ्नो जन्मदिन मनाउनुभएको छ ।

घोराही उपमहानगरपालिा वडा नम्बर १६ सानी अम्बापुरस्थित श्री प्राथमिक विद्यालय सानी अम्बापुरमा अध्ययनरत ६४ जना विद्यार्थीहरुलाई पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यसहित जन्मदिनको अवसर पारेर बिहीबार कापी, कलम, बिस्कुट, भलिबल, फुटबल सहयोग गर्नुभएको हो ।

जन्मदिन मनाउने नाममा फजुल खर्च गर्ने, भोजभतेर गर्ने चलन बढ्दै गएको बेला विद्यार्थी नेतासमेत रहनुभएकी डिसीले आफ्नो जन्म दिन बालबालिकाहरुसँग मनाउनुभएको हो ।

‘शैक्षिक सामग्री अभावमा कोही पनि पढ्नबाट वन्चित हुन नपरोस् भनेर जन्मदिनमा मैले सानो सहयोग गरेको हुँ’, डिसीले भन्नुभयो ‘फजुल खर्च कटाएर बालबालिका शिक्षामा लगानी गर्न आवश्यक छ । बुवाआमाको आशिर्वाद अनि सबैको साथ हौसलालाई आत्मसात गरेर असल मानव बन्ने अठोटमा छु ।’

सामाजिक सेवा भावना लिएर जन्मदिनमा विभिन्न विद्यालयमा पुगेर विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्ने गरेको उहाँले बताउनुभयो ।
समय जन्मदिन लगायत शुभकार्यमा हुने फजुल खर्च कटौती गरी सामाजिक काममा लगाउन सके समाज र राष्ट्रको विकासमा टेवा पुग्ने कार्यक्रमकी प्रमुख अतिथि एवम् घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीले बताउनुभयो । उहाँले देख्दा सामान्य लागे पनि यस प्रकारको कामले बालबालिकाहरुको पठनपाठनमा ठूलो सहयोग पुग्ने बताउनुभयो ।

Blog Post Ad

जन्मदिन मनाउनुभएकी डिसीले आमा कमलवती डिसी, उपप्रमुख हुमा डिसी, विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद डिसीलाई सम्मान गर्नुभएको थियो । शैक्षिक सामग्रीसहित खेलकुद सामग्री पाउँदा विद्यार्थी हर्षित भएका छन् । कार्यक्रममा दाङ महिला जेसीज अध्यक्ष जुनु मगर, पूर्व अध्यक्ष शारदा घर्ती, विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद डिसीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण अनेरास्ववियुका सविन पोख्रेलले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad