Ad Area

लुम्बिनीमा एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता


घोराही, २० असार । लुम्बिनी प्रदेशमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । केन्द्रमा नेपाली कांग्रेस र नेकप एमालेको नयाँ समिकरण बनेसँगै लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन एमाले फिर्ता लिएको हो ।

नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीले मुख्यमन्त्रीलाई पत्र लेख्दै समर्थन फिर्ता लिएको जानकारी गराउनुभएको छ । सहमतिको सरकार गठन गरि राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएकाले आजकै मितिदेखि लागु हुने गरि समर्थन फिर्ता लिएको नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरीद्वारा हस्ताक्षर गरिएको पत्रमा उल्लेख गरिएको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नेकपा एमालेबाट लुम्बिनी प्रदेशमा सहभागी मन्त्रीले राजिनामा दिने तयारी छ । मुख्यमन्त्री जोगबहादुर महराले बुधवार साँझ आयोजना गरेको रात्रीभोज कार्यक्रममा राजिना दिने तयारी रहेको श्रोतले जानकारी दिएको छ ।

पार्टीले दिएको समर्थन फिर्ता लिएसँगै आज नै मुख्यमन्त्रीलाई राजिनापत्र बुझाउने तयारी रहेको लुम्बिनी प्रदेश अर्थिक मामिलातथा योजनामन्त्री चेतनारायण आचार्यले जानकारी दिनुभएको छ ।
लुम्बिनी प्रदेशमा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्य, आन्तरिक मामिला मन्त्री दिनेश पन्थी, सहरी विकास तथा खानेपानीमन्त्री भुमेश्वर ढकाल, वन तथा बातावरण मन्त्री अर्जुनकुमार केसी र सामाजिक विकास मन्त्री रत्नबहादु खत्री रहनुभएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा नेकपा एमाले र अन्य केही सानादलहरुको समर्थनमा गत चैत्र २३ गते ४८ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad