Ad Area

शङ्खे किरा सङ्कलन गर्नेलाई १५ रुपियाँ दिने


सलिम मियाँ
प्युठान,२१ असार । प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर ३ ले शङ्खे किरा समातेर ल्याउनेलाई नगद रकम दिने घोषणा गरेको छ । वडाका विभिन्न ठाउँमा शङ्खे किराको प्रकोप देखिएपछि नियन्त्रणका लागि वडाले यस्तो जुक्ती निकालेको हो।

शंखेकिरा समातेर ल्याउने किसानलाई प्रतिकिलो १५ रुपियाँका दरले रकम दिने निर्णय गरिएको वडा अध्यक्ष धनेन्द्र कार्कीले जानकारी दिनुभयो ।

अध्यक्ष कार्कीले किसानले लगाएको अन्नबाली जोगाउन यस्तो निर्णय गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘शङ्खे किरा छिट्टै नियन्त्रण गर्न नसके यसले अन्नबाली सखाप पार्ने भएकाले किसानलाई जागरूक बनाउन शंखेकिरा मार्ने किसानलाई पैसा दिने निर्णय गरेका हौँ ।’

वडाले शङ्खे किरा निर्मूल पार्ने अभियानमा सहभागी भई बाली संरक्षणमा योगदान पुर्‍याउन समेत आग्रह गरेको छ

Blog Post Ad Blog Post Ad