Ad Area

नुनलगायत खाद्यबस्तुको मुल्य वृद्धि फिर्ता लिन समाजको माग


घोराही, २१ असार । नेपाल सरकारले नुनलगायत अति आवश्यक खाद्यबस्तुको मूल्य वृद्धि गरेकोप्रति नागरिक समाज दाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नागरिक समाज दाङका संयोजक नीमबहादुर थापा र सचिव नारायणप्रसाद श्रेष्ठद्वारा शुक्रबार जारी विज्ञप्तिमा खाद्यबस्तुको मूल्य वृद्धि हुनु दुखद रहेको भन्दै अविलम्ब वृद्धि फिर्ता लिन सम्बद्ध सरोकारवालालाई आग्रह गरिएको छ । नूनको मुल्य एकाएक भारीमा मात्रामा वृद्धि गरिनु गरिब निमुखा नागरिकको हीत विपरित रहेको ठहर गर्दै समाजले मुल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेको हो ।

यसैगरी, अहिले मनसुन सक्रिय भई पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा बाढी, डुवानको उच्च जोखिम रहेकाले आम नागरिकको जीउ धन एवम् पशु चौपायाको सुरक्षामा सचेत रहन तथा भवितव्य भई हालेमा तत्काल उद्धारको संयन्त्र तैनाथी अवस्थामा राख्न सम्वद्ध सुरक्षा एवम् विपद व्यवस्थापन समितिलाई नागरिक समाजले आग्रह गरेको छ ।

लगातारको वर्षाका कारण विभिन्न ठाउँमा पहिरो गएका, यातायात अवरुद्ध भएका र बस्तीमा बाढी पसेका खबरहरु आई रहेको हुँदा मानवीय तथा भौतिक नोक्सानी हुन नदिन सबैलाई सचेत रहनसमेत नागरिक समाजले अपिल गरेको छ ।

मनसुनी गतिविधि निकै सक्रिय रहेको हुँदा विपत व्यवस्थापन जिल्ला समिति, स्थानीय सरकार, विपत प्रतिकार्यमा खटिने सामाजिक संघसंस्थाहरु, सुरक्षा निकाय, नागरिक समाज, राजनीतिक दल र सबै जिल्लाबासीहरुलाई होसियार रहनसमेत समाजले सचेत गराएको छ ।

‘विभिन्न स्थानमा पहिरो गएका, यातायात अवरुद्ध भएका र बाढी पसेका खबरहरु आईरहेका छन् । अतः यस्तो अवस्थामा मानवीय र भौतिक नोक्सानी हुन नदिन सबैमा सचेत रहन आह्वान गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ‘यस सन्दर्भमा विपत व्यवस्थापन जिल्ला समिति, स्थानीय सरकार, विपत प्रतिकार्यमा अभ्यस्त सामाजिक संघसंस्थाहरु, सुरक्षा निकाय, नागरिक समाज, राजनीतिक दलका कार्यकर्ताहरु र सबै जिल्लाबासी नागरिकहरुमा होसियार रहन हार्दिक अपिल गर्दछौं ।’

Blog Post Ad
Blog Post Ad Blog Post Ad