Ad Area

राप्ती नदीको बाढीमा फसेका एक जना बेपत्ता, दुई जनाको उद्धार


घोराही,२२ असार । दाङमा लगातारको बर्षादका कारण राप्ती नदीमा आएको बाढीले एक जनालाई बेपत्ता बनाएको छ । देउखुरीको लमही नगरपालिका–७ हस्नापुरस्थित राप्ती नदीको बाढीमा फसेका मध्ये दुई जनाको सकुशल उद्दार गरिएको छ भने एक जना वेपत्ता हुनुभएको छ ।

राजपुर गाउँपालिका–२ निवासी किसान दुध विक्रि गर्न लमही आएको र फर्किने क्रममा राप्ती नदीको बाढीमा फस्नुभएको थियो । तीन जनासंगै रहेपनि एक जनालाई बाढीले बगाएको, दुई जना सिमलको रुखमा चढेर सुरक्षित बसेका थिए । रुखमा चढेरलाई नेपाल सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएका सुरक्षाकर्मीले दुई जनालाई सकुशल उद्दार गरेको प्रहरी सहायक निरिक्षक प्रकाश ढकालले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार राजपुर गाउँपालिका–२ का ४८ बर्षीय तुलाराम यादव र ४० बर्षीय दयाराम यादवको उद्दार गरिएको छ । उहाँहरुसँगै रहनुभएका १८ बर्षीय राजकुमार यादवलाई राप्ती नदीको बाडीले बगाएर बेपत्ता बनाएको प्रहर िसहायक निरिक्षक ढकालले जानकारी दिनुभएको छ । बेपत्ता यादवको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिउको छ ।

Blog Post Ad Blog Post Ad