Ad Area

भालुवाङ–प्युठान–रोल्पा सडक अवरुद्ध


प्युठान, २२ असार । अविरल बर्षाका कारण पहिरोले भालुवाङ–प्युठान–रोल्पा सडक अवरुद्ध भएको छ । सो सडकको गनाह–चकचके सडक खण्डका विभिन्न स्थानमा रातिदेखि परेको अविरल वर्षाले सडकमाथिबाट आएको लेदोसहित पहिरो झरेपछि सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय प्युठानले जानकारी दिएको छ ।

पहिरोले रातिदेखि प्युठान–भालुवाङ सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा जिल्ला आउजाउ गर्ने यातायातका साधन र यात्रुलाई गन्तव्यमा पुग्न समस्या भएको छ । विभिन्न उपकरणको सहायताले ठाउँ–ठाउँमा झरेको पहिरो पन्छाउने काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

रातभर परेको पानीले जिल्लामा रहेका ठुला तथा साना नदी खोलामा पानीको सतह बढेको छ । बाढी पहिरोको जोखिमबाट बच्नका लागि स्थानीय प्रशासनले स्थानीयलाई सतर्कता रहन भनेको छ ।

Blog Post Ad Blog Post Ad