Ad Area

कविता : अपेक्षा !


श्रीराम दहित
आफुभन्दा ठुलावडालाई प्रणाम,सानालाई स्नेह,प्रेम सनातन संस्कार !
जीवन सार्थक बनाउँदै सामाजिक हितमा कर्म गर्नेलाई नमन नमस्कार !

शिक्षा ज्ञानसहित सर्वाङ्गरूपमा बाँच्न बचाउन आवस्यक, अज्ञान हामीबाट हटोस् हाम्रो अपेक्षा !
सुखमा मात नलागोस् घमण्डी कहलिन,दु:खमा धिरता भौतिक होइन आध्यात्मिकता बढोस् हाम्रो अपेक्षा !

बोली सुमधुर विनम्र व्यावहार, हाम्रो छलछाम दुर्भावना हामी कसैमा नहोस् हाम्रो अपेक्षा !
बिज सुनौलो हामी छर्न देशको भकारी भर्न हामी साझा कर्म मिलिजुली गरौं हाम्रो अपेक्षा !

मोती झिक्न गहिराइमा डुब्नु पर्छ सुनौलो अवसर सिर्जना गर्दै हामी छलाङ मारौं हाम्रो अपेक्षा !
जीवन जिउने कला सिक्दै सिकाउँदै असल कर्म गर्दै नेपाल नेपालीको गौरव गर्नु हाम्रो अपेक्षा !

आध्यात्म राजनीति शिक्षा स्वास्थमा हिरण्य कस्यपहरुको
राज मौलायो शान्ति समृद्धि आओस् हाम्रो अपेक्षा !
निरीह पीडितले न्याय पाउन् देशभक्तले स्थान पाउन् ,
भक्त प्रह्लाद हरु मौन नबसौं सत्यवादीको अपेक्षा !

बम-बारुदको स्थानमा विचार सुन्दर फैलियोस्, सत्कर्म मानव धर्म प्रेम सबैमा अपेक्षा !
व्यक्तिगत होइन सामाजिक हितमा कर्म होस्, रुपान्तरण लक्ष्य हुने हरुको सम्बन्धमा दरार नहोस् अपेक्षा !

Blog Post Ad
Blog Post Ad Blog Post Ad