Ad Area

मिनीट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


घोराही, २२ असार। दाङमा मिनीट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–१ भालुवाङमा मिनिट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्व जाँदै गरेको रा १ ख २०६३ नम्बर मिनिट्रकले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु १४ प ४१९९ नम्बरको मोटरसाइकललाई शनिवार दिउँसो ठक्कर दिदा मोटरसाइकल चालक गढवा गाउँपालिका–१ कालाकाटे निवासी ४४ बर्षीय सन्तोषकुमार योगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिनुभएको छ ।

प्रहरी उपरीक्षक केसीका अनुसार दुर्घटनामा गम्भीर घाइते योगीको भालुवाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । मृतकको टाउको र खुट्टामा गहिरो चोट लागेको थियोे । ठक्कर दिने र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । घटना बारे अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । मिनीट्रक चालक घोराही उपमहानगरपालिका–१३ निवासी राजकुमार विक र मिनीट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Blog Post Ad Blog Post Ad