Ad Area

लुम्बिनी फुटबल एकेडेमीमा दुई विदेशी प्रशिक्षक नियुक्त


घोराही, २२ असार । दाङको घोराहीमा रहेको लुम्बिनी फुटबल एकेडेमीले दुई विदेशी प्रशिक्षक भित्र्याएको छ । एकेडेमीमा आवद्ध बालबालिकालाई गुणस्तरीय प्रशिक्षण दिने उदेश्यले अफ्रिकी मुलका दुई प्रशिक्षक भित्राएको हो ।

एकेडेमीको मुख्य प्रशिक्षकमा डिम अब्राहम र सहायक प्रशिक्षकमा मार्को गापुजोलाई नियुक्त गरेको छ । नियुक्त गरेका प्रशिक्षकलाई शनिवार लुम्बिनी फुटबल एकेडेमीका अध्यक्ष समिर वलीले एक कार्यक्रमको आयोजना गरेर स्वागत तथा नियुक्तीपत्र गरेका छन् । एकेडेमीले २०८० साउनदेखि घोराहीमा फुटबल सम्वन्धी प्रशिक्षण दिदै आइरहेको छ।

अहिले एकेडेमीमा देशका विभिन्न जिल्लावाट २७ जना खेलाडी ३ जना प्रशिक्षक तथा शिक्षक राखेर संचालन गरिएको गरिरहेको छौ। जसमध्ये ६ जना विपन्न तथा गरिब बालबालिकालाई पूर्ण छात्रवृत्ति तथा १२ जनालाई आशिंक छात्रवृत्ति प्रदान गरिएको छ।

यस प्रशिक्षण केन्द्रमा विभिन्न उमेर समूहका १०० जना खेलाडीलाई पूर्ण आवासिय सुविधा सहित संचालन गर्ने योजना रहेको छ। जहाँ आधा अर्थात ५० जना खेलाडीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ। खेलाडीहरुलाई गुणस्तरिय खाना, पढाई, तथा अन्य जिवन उपयोगीसिप, व्यक्तित्व विकासको वारेमा पनि ज्ञान दिइनेछ। हाम्रो यो सानो प्रयासले नेपालको लागि खेलाडी उत्पादनमा थोरै भएपनि सहयोग मिल्ने विश्वास राखेका छौं।

Blog Post Ad Blog Post Ad