Ad Area

च्याउ खोज्न गएका ३ महिला बाघको आक्रमणबाट घाइते


तुलसीपुर, २४ असार । जङ्गलमा च्याउ खोज्न गएका ३ जना महिला बाघको सिकार हुनबाट जोगिएका छन् ।

दाङको तुलसीपुरका ३ जना महिला बाघको आक्रमणमा परी घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–९ बेलुवा निवासी ४५ वर्षीया कमला केसी, सोही ठाँउकी ५२ वर्षीया सिता कुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार तुलसीपुर–९ मा रहेको नव दुर्गा सामुदायीक वनमा च्याउ खोज्न गएको अवस्थामा सोमबार बिहान साढे ६ बजेको समयमा उनीहरुलाई बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट घाइते भएका ३ जनाको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले बताउनभयो ।