Ad Area

साफ च्याम्पियनसिप र एएफसी एसियन कप क्वालिफायर्सको लागि दाङका सुवास र विशाल बन्द प्रशिक्षणमा


दाङ,२५ असार । साफ यु–२० च्याम्पियनसिप र एएफसी यु–२० एसियन कप क्वालिफायर्सको लागि दाङका सुवास र विशाल बन्द प्रशिक्षणमा परेका छन् ।

अखिल नेपाल फुटबल संघले साफ यु–२० च्याम्पियनसिप र एएफसी यु–२० एसियन कप क्वालिफायर्सको लागि नेपाली राष्ट्रिय यु–२० पुरुष खेलाडी छनोटका लागि सञ्चालन गरेको छनोट कार्यक्रमबाट बन्द प्रशिक्षणमा पर्न सफल भएका हुन । अखिल नेपाल फुटबल संघले साफ यु–२० च्याम्पियनसिप र एएफसी यु–२० एसियन कप क्वालिफायर्सको लागि ४० जना खेलाडीको नामावली सार्वजनिक गरेको हो । बन्द प्रशिक्षणमा सहभागी भएका खेलाडीबाट २३ जना खेलाडी छनोट गर्नेछ ।

नेपाली राष्ट्रिय यु–२० पुरुष टोलीको बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरूको नामावलीमा दाङ घोराही उपमहानगरपालिका–१८ निवासी सुबास थारु र राप्ती गाउँपालिकाको लालमटिया निवासी विशाल केसी पर्न सफल भएका छन् । लेफ्ट डिफेन्स पोजिसनमा खेल्ने सुवास सहिद स्मारक बि डिभिजन लिगमा तुशाल क्लव काठमाडौबाट खेलिसकेका छन् । हाल सुवास दाङको घोराहीमा रहेको बिएफएल क्लवमा आवद्ध छन् ।

गोलरक्षक विशाल हालै सम्पन्न सहिद स्मारक सि डिभिजनमा पुल्चोक स्पोर्ट्स क्लव काठमाडौबाट खेलेका । बुटवल लुम्बिनीबाट एनएसएल प्रतियोगितामा सहभागी भएका विशाल राप्ती गाउपालिकाको लालमटियामा रहेको युनाइटेड लालमटिया क्लवबाट खेल्न सुरु गरेका थिए । अखिल नेपाल फुटबल संघले साफ यु–२० च्याम्पियनसिप र एएफसी यु–२० एसियन कप क्वालिफायर्सको लागि जिल्ला, प्रदेश हुँदै खेलाडी छनोट गरेको थियो ।

Blog Post Ad Blog Post Ad