Ad Area

शान्ति भण्डारी : मध्यपूर्वमै हेभि बस हाक्ने पहिलो महिला


काठमाडौं । सन् २०२३ को जुन महिनाको मध्यान्न । संयुक्त अरब इमिरेट्सको सिटी बस कम्पनीमा बस चालकको आवदेन दिने भिड थियो ।

पुरुष बस चालकहरुको भीडमा हातमा लाइसेन्स र अरु आवश्यक कागजात बोकेर उभिएकी थिइन् एक महिला, नेपालकी शान्ति भण्डारी ।

जब आवेदन दिने पालो आयो, कम्पनीका सुरक्षा गार्डले उनलाई सोधे, ‘कहाँ जान लागेकी ?’

शान्तिले निर्धक्क जवाफ दिइन्, ‘बस चालकका लागि आवेदन दिन आकी ।’

शान्तिको कुराले ती कर्मचारीको मुहारको भाव फेरियो । उसले केहीबेर उनलाई हे¥यो र भन्यो, ‘आबुधाबीमा महिलाले बस चलाएको इतिहास छैन ।’
शान्तिले पनि दृढता साथ बोलिन्, ‘इतिहास त बनाउने कुरा हो नि ।’

त्यसपटक त शान्ति बस चालकका रुपमा छनोट भइनन् । तर एक वर्षपछि भने उनी दुई तले बस (डेकर) चलाउने चालकमा छनोट भइन् । खाडीबाट प्रकाशित हुँने पत्रिका ‘गल्फ न्युज’ले गत असार १९ गते उनलाई युएईसहित मध्यपूर्वका १४ राष्ट्रमा पर्यटकीय दुई तले बस (डेकर) चलाउने उनी पहिलो महिला चालक भनेर समाचार छाप्यो ।

Blog Post Ad

महिला टेम्पो चालकबाट प्रेरणा

 

ओखलढुंगाको लिखुं गाउँपालिका–२ को सिंहदेविमा जन्मे हुर्केकी शान्ति भण्डारी सन् २००२ तिर पढ्न भनेर काठमाडौं आइन् । ललितपुर स्थित किशोर माविमा पढ्ने स्कुल पुग्न लखनखेल–जाउलाखेल भएर जानुपथ्र्यो । अक्सर उनी टेम्पोमा आउँ जाउँ गर्थिन् । त्यो बेला उनले पहिलो पटक महिलाले गाडी चलाएको देखिन् । काठमाडौंमा फाट्टफुट्ट महिलाहरुले टेम्पो चलाउन थालेका थिए । उनलाई महिलाले चलाएको टेम्पो चढ्न मन पथ्र्यो । कहिलेकाहीँ त उनी महिला चालक भएको टेम्पो पर्खेर बस्दा स्कुल नै ढिला पुग्थिन् ।

महिलाले टेम्पो चलाएको देख्दा उनमा अनौठो ऊर्जा भरिएर आउँथ्यो । ‘टेम्पो चलाउन उहाँहरुलाई पक्कै सजिलो थिएन, तर हिम्मतका साथ चलाएको देख्दा म एकदमै इन्सपायर हुन्थेँ’ उनी भन्छिन् ।

त्यतिबेलै उनले संकल्प लिएकी थिइन्, महिलाले गर्दै आएका कुनै काम भन्दा फरक काम गर्छु भनेर ।

परदेश यात्रा

सन् २०१५ मा शान्ति रोजगारीको अवसर खोज्दै भिजिट भिसामा युएई पुगिन् । दुबईमा उनकी बहिनी पार्लरमा काम गर्थिन् । युएई पुगेपछि उनले पनि ब्युटिसिएनको रुपमा बहिनीसँगै काम गरिन् । कमाइ राम्रै थियो, तर उनको मन यतिमै अडिरहेको थिएन ।

नेपालमा महिलाले टेम्पो चलाएको दृश्य मष्तिश्कमा घुमिरहन्थ्यो । युएईका चिल्ला सडकहरुमा गाडी गुडेको देख्दा उनलाई पनि गाडी चलाउन मन लाग्यो । तर परदेशमा गाडी चलाउने काम पाउनु त्यति सजिलो थिएन ।

सन् २०१६ मा शान्तिले युएईमा एउटा स्कुल बसमा सुपरभाइजरको काम पाइन् । तर उनको चाहना गाडी हाँक्ने नै थियो । त्यसका लागि पहिले त उनले ड्राइभिङ सिक्नु थियो, लाइसेन्स लिनु थियो ।

सपनाको पहिलो खुड्किलो पच्छ्याउँदै २०१७ मा ट्याक्सीको लाइसेन्स निकालिन् उनले । लाइसेन्स हात परेपछि उनी ‘अल गहजल नामक ट्याक्सी कम्पनी’ चालकको रुपमा आवेदन दिइन् । कम्पनीले जाँच लिएपछि उनलाई ट्याक्सीको चासो हातमा थमााइदियो ।

 

जसै ट्याक्सी हात प¥र्याे, दुबईका सडकमा गाडी लिएर निस्किन् शान्ति । ‘ट्याक्सी चलाउँदा, म शहरका हरेक गल्ली र चोकसँग परिचित भएँ’ सुरुवाती दिनहरु सम्झिइन्, ‘मैले पहिलो पटक सपनाको उडान भरे ।’

उनले युएईमा पाँच वर्ष ट्क्यासी नै चलाइन् । तर उनलाई यो भन्दा पनि ठूलो काम गर्न मन लागिरहेको थियो ।
त्यो समाचार

उनले ट्याक्सी चलाउन थालेको दुई वर्षपछिको एक दिन खाडी क्षेत्रको प्रमुख समाचारपत्रहरु गल्फ न्युज र खालिज टाइम्समा युएईमा पहिला पटक महिला चालकले बस चलाएको समाचार प्रकशित भएको थियो ।

उनलाई पनि बस चलाउने हुटहुटी जाग्यो । ‘उहाँहरु पनि महिला, म पनि महिला, समाचार पढेपछि यस्तै साहसिक काम मैले पनि किन नगर्ने त भन्ने लाग्यो’, शान्तिले भनिन् ।
त्यसका लागि उनले बस चलाउने लाइसेन्स निकाल्नुपथ्र्यो । उनी बसको लाइसेन्स परीक्षा दिन जाँदा एक्ली महिला थिइन् । त्यहाँ उनलाई ‘तिमीलाई लाइसेन्स किन चाहियो’ भनेर सोधियो । ‘तिमी सक्छौ’ जस्तो प्रश्न सोधियो । किनभने युएईमा महिला बस चालक हुनु अपवाद हुन्थ्यो ।

अन्ततः उनले बस चलाउने लाइसेन्स परीक्षा पनि पास गरिन् । लाइसेन्स भए पनि धेरै कम्पनीहरूले उनलाई काम दिन मानेनन् । ‘सीभी बोकेर धेरै यातायात कम्पनीहरु धाएँ’, उनले ती दिनहरु सम्झदै भनिन्, ‘महिला भनेर कसैले मलाई काम दिन मानेन् ।’

एक पटक सिटी बस चालकमा आवेदन दिएकी उनले सबै परीक्षा पास गरिन् । तर अन्तिममा अबुधाबीमा महिलाले बस चलाउने कानुनी प्रापधान छैन भनेर फालियो । ‘त्यहाँ मैले धेरै नै आश गरेकी थिएँ’, उनले भनिन्, ‘तर छनोट नहुँदा धेरै नै दुःखी भएँ ।’ तर उनले हिम्मत चाही हारेकी थिइनन् ।

पछि उनले दुबईस्थित बिग बस टुर्स कम्पनीमा आवदेन दिइन् । ‘आबुधाबीमा महिला चालक हुँन पाउँने कानुन नहुँदा काम पाइरहेकी थिइन’ उनी भन्छिन्, ‘दुबईमा त्यो कानुन, भएकाले महिला पनि बस चालक हुँन पाउँथे ।’

आखिर भयो पनि त्यस्तै । हेबी बस हाक्ने उनको सपना ‘बिग बस टुर्स कम्पनीले पुरा गरिदियो । सन् २०२३ मा कम्पनीले उनलाई दुबईमा पर्यटक घुमाउने दुई तले बस चालकका रुपमा छनोट ग¥यो । महिला चालकका रुपमा देख्दा कम्पनीका कार्यकारी निर्देशक माइक लिसले नै उनलाई भेटे । ‘त्यो क्षण मेरो जीवनको सबैभन्दा सुन्दर क्षण थियो’, उनले भनिन्, ‘लाग्यो, मैले आकाश छोएँ ।’

उनका अनुसार उनी बस्ने आबुधाबीमा महिला चालक हुने कानुनी प्रवाधान थिएन ।

एक वर्षदेखि शान्ति दुबईका सडकहरूमा दुई तले पर्यटकीय बस हाँकिरहेकी छन् । दुबई घुम्न आउनेहरु महिला चालक देखेर दंग पर्छन् ।
‘जब म बसको ढोका खोलेर यात्रुहरुलाई स्वागत गर्छु, उनीहरूको अनुहारमा अचम्मको भाव देख्छु’, उनी भन्छिन्, ‘त्यसपछि उनीहरू मसँग सेल्फी खिच्छन् । परदेशमा विदेशीबाट पाएको माया नै मेरो लागि ठूलो उपहार हो ।’

आफ्नै समाचार

खाडीबाट प्रकाशित हुने पत्रिका गल्फ न्यूजले गत मंगलबार मध्यपूर्वमै दुई तले पर्यटकीय बस चलाउने अग्रणी महिला भनेर शान्तिको बारेमा समाचार लेखेको छ ।
विगतमा उनले यही पत्रिकामा महिला बस चालकबारे समाचार पढेर त्यसतर्फ पाइला चालेकी थिइन् । अहिले आफ्नो बारे पनि त्यसरी नै समाचार आउँदा उनी भन्छिन्, ‘नसोचेको भयो ।’

उक्त समाचारपछि सामाजिक सञ्जालहरुबाट उनले बधाई पाइरहेकी छन् । शान्तिलाई लाग्छ, जीवनमा असम्भव भन्ने कुरा केही छैन । तर त्यसका लागि दृढ संकल्प भने चाहिन्छ ।
थुप्रै महिलाहरुले म्यासेज गरेर उनको बारेमा जिज्ञासा राख्छन् । उनीहरुलाई सम्झाउँदै शान्ति भन्छिन्, ‘दुई चारवटा असफलताले हरेस नखानुस् । जे गर्नुहुन्छ, त्यसैमा दृढताका साथ लाग्नुस् । त्यसलाई निरन्तरता दिनुस् । के थाहा सफलताले तपाइलाई पर्खिरहेको पो छ कि ?’

Blog Post Ad Blog Post Ad