Ad Area

विद्युत प्राविधकरणले काट्यो घोराही सिमेन्टको लाइन


दाङ,२६ असार । नेपाल विद्युत् प्राधिकरणले तीन उद्योगको लाइन काटेको छ ।

घोराही सिमेन्ट सहित अर्घाखाँची सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सको लाइन काटेको छ ।

डेडिकेटेड र ट्रंकलाइनको महशुलको विषयलाई लिएर प्राधिकरणले मंगलबार राति ९ बजे तीन उद्योगको लाइन काटेको हो ।

प्राधिकरणका अनुसार रिलायन्सले ७५ करोड ३७ लाख, अर्घाखाँचीले ४४ करोड ८६ लाख र घोराही सिमेन्ट उद्योगले ५१ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।

Blog Post Ad Blog Post Ad