Ad Area

च्याउ टिप्ने क्रममा भालुको आक्रमणमापरी महिला घाईते


घोराही, २७ असार । दाङमा भालुको आक्रमणबाट एक महिला गम्भिर घाईते हुनुभएको छ । लमही नगरपालिका–६ स्थित कर्री सामुदायिक वन क्षेत्रमा जंगली च्याउ टिप्ने क्रममा भालुको आक्रमणबाट देउपुर निवासी ४६ बर्षीय सहरी घर्तीमगर गम्भिर घाईते भएको नेपाल सशस्त्र प्रहरी ४१ नं. रिजर्भ गण अर्जुन खोलाका सशस्त्र प्रहरी नायव निरीक्षक प्रकाश ढकालले जानकारी दिनुभएको छ ।

सशस्त्र प्रहरी नायव निरीक्षक ढकालका अनुसार बिहीवार विहान करिब साढे पाँच बजेतिर जंगली च्याउ टिप्ने क्रममा उहाँलाई भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट अनुहारमा दुवै हातमा चोट लागेको छ । घाईते घर्तीको लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागी बुटवल लगिएको छ ।

घर्तीसहित चार÷पाँच जनाको समुह जंगलमा च्याउ टिप्न गएको थियो । घर्तीसहित अन्य दुई जनालाई भालुले आक्रमण गरेपनि अवस्था सामन्य रहेको सशस्त्र प्रहरी नायव निरीक्षक ढकालले जानकारी दिनुभएको छ ।

Blog Post Ad Blog Post Ad