Ad Area

नेपाल परिवार नियोजन संघ दाङको ४५ औँ वार्षिक साधारणसभा सम्पन्न


घोराही, २९ असार । नेपाल परिवार नियोजन संघ दाङ शाखाको ४५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघका अध्यक्ष भरतराज देवकोटाको अध्यक्षता तथा संघकी केन्द्रीय उपाध्यक्ष निर्मला गौतम रेग्मीको प्रमुख आतिथ्य एवम् जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको विशिष्ट आतिथ्यमा शनिबार साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि रेग्मीले नेपाल परिवार नियोजन संघलाई समय सापेक्ष गतिशील, समावेशी र पहुँचयोग्य बनाउने काम भईरहेको बताउनुभयो । देशभर रहेका २८ वटा शाखामध्ये दाङ शाखाले प्रदान गर्दै आएको सेवाको प्रभावकारीता राम्रो रहेको बताउनुभयो ।

परिवार नियोजन संघको संस्थागत विकास र सेवा क्षेत्रको पहुँच बिस्तार गर्न ३ वटा मापदण्ड कार्यान्वयनमा आएसँगै यसको प्रभावकारीता बढ्दै गएको बताउनुभयो । उहाँले पुनर्संरचना, स्थायित्व र दीगोपनालाई आधार बनाएर गरिएको प्रयासले संस्थाको समग्र विकासमा टेवा पुगेको बताउनुभयो ।

जिल्ला समन्वय समिति प्रमुख शर्माले परिवार नियोजन संघले स्वास्थ्यका क्षेत्रमा प्रदान गर्दै आएको सेवाले यौन तथा प्रजनन स्वास्थ्यमा सुधार तथार बाल मृत्युदरमा कमी आएको बताउनुभयो । अहिले संस्थाले सेवा बिस्तार गर्दै लगेको हुँदा यसले सरकारको सहयोगीका रुपमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

स्वास्थ्य कार्यालय दाङका निमित्त कार्यालय प्रमुख किशोर आचार्यले परिवार नियोजन संघको योगदानलाई राज्यले मुल्यांकन गर्नुपर्ने बताउनुभयो । घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले महिलाहरुको स्वास्थ्य र यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा अनुकरणीय काम गर्दै आएको बताउनुभयो ।

Blog Post Ad

स्थानीय सरकारको काममा खोप, भिआईए, प्रजननलगायत स्वास्थ्य सुचक सुधारमा परिवार नियोजन संघले महत्वपूर्ण भुमिका खेलेको उहाँको भनाई थियो ।

कार्यक्रममा प्रेस काउन्सिल सदस्य शरद अधिकारीले सेवा बिस्तार अझ प्रभावकारी बनाउन र युवा सहभागीता बढाउँदै स्थानीय सरकारको समेत सहकार्यमा अघि बढ्न सुझाव दिनुभयो ।

सो अवसरमा, संस्थाका पूर्व सभापति गणेशराज श्रेष्ठ, आजीवन सदस्य श्रीमन न्यौपाने, पुष्पा श्रेष्ठ, वरिष्ठ सदस्य माधव पन्थी, पूर्व कार्य समिति सदस्य भरतमणि पाण्डे, घोराही खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष देवीबहादुर डिसीलगायत बोल्नुभएको थियो ।

यसैबीच, परिवार नियोजन संघमा आवद्ध भई स्वयंसेवकका रुपमा काम गरेर अवकाश हुनुभएका १० जनाको योगदानको मुल्यांकन गर्दै कदर पत्रले सम्मान गरिएको छ । स्वयंसेवक भई यौन तथा प्रजनन स्वास्थ्य सुधारमा गरेको योगदानबाट सम्मानित हुनेमा हरि पोख्रेल, अनिता अधिकारी, सनिता चौधरी, तिला पोख्रेल, सिर्जना थापा, सरस्वती रेग्मी, कमला गौतम, यशोदा चौधरी, बनिता अधिकारी, रीता शर्मा हुनुहुन्छ ।

कार्यक्रममा संस्थाले वर्षभरी गरेका काम र आगामी योजनाका बारेमा परिवार नियोजन संघ शाखा प्रबन्धक बसन्त खनालले जानकारी गराउनु भएको थियो । संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष माया पोख्रेलले प्रस्तुत गर्नुभएको थियो । कार्य समिति सदस्य किरण पौडेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण कोषाध्यक्ष माया पोख्रेलले गर्नुभएको थियो ।

यसैगरी, संस्थाको संशोधित विधान अनुसार कार्य समितिको ४ जना रिक्त सदस्यमा गोला प्रथाबाट निर्वाचित गरिएको छ । युवा सदस्यहरुमा अन्जली सुनार, सदिक्षा पाण्डे, ईशा घिमिरे र लैंगिक तथा अल्पसंख्यकमा भीमसिंह नेपाली निर्विरोध निर्वाचित हुनुभएको प्रमाण पत्र प्रदान गरिएको छ ।

Blog Post Ad Blog Post Ad