Ad Area

ठेकेदारबाट ठगिए मजदुर, काम गरेको पैसा माग्दा धम्की


घोराही, ३० असार । सडक निर्माणमा काम गरेको करिव सात लाख बढी रुपिँया ठेकेदारले नदिएको मजदुरले गुनासो गरेका छन् । मजदुरले घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर सुर्खेत जिल्लाको विरेन्द्रनगर उपमहानगरपालिका–१३ मा नयाँ सडक निर्माणमा काम गरेको करिव सात लाख ८ हजार रुपैया निर्माण व्यवसायी बखत शाही र देबहादुर पोख्रेलले नदिएको मजदुर रुद्रबहादुर खत्रीले बताउनुभएको छ ।

उहाँले मिस्त्रीलाई प्रतिदिनका हिसावले नौ सय र लेवरलाई छ सय रुपैयाँ दिने भनेर काम गराएको तर काम सकेपछि पैसा नदिएर शाही र पोख्रेलले एकअर्कालाई सिकाउँदै पन्छिने गरेको बताउनुभयो । उहाँले एक पटक देवबहादुर पोख्रेलले पाँच लाख ८ हजार रुपैयाको चेक काटेर दिएको तर बैंकमा जाँदा पैसा नभएको बताउँनुभयो ।

दुबैको ठेकेदारको काम एउटै भएपनि पैसा दिने बेला एउटाले अर्कालाई सिकाउँदै भाग्ने भन्दै मजदुर खत्रीले भन्नुभयो,‘दाङबाट सुर्खेत लगेर काममा लगाउने देवबहादुर पोख्रेल र ठेक्का लिएको मान्छे बखत शाही रहिन्छन । यी दुईको काम एउटै हो । तर सुरुमा काम गर्नुहोस पैसा कहि जान्न भने तर अहिले पैसा माग्दा शाहीले पोख्रेल र पोख्रेलले शाहीलाई सिकाउँदै भाग्ने गरेका छन् ।’ पैसा माग्दा ज्यान मार्ने धम्की दिने गरेको बताउनुभएको छ ।

खत्रीका अनुसार मंसिरदेखि माघसम्म २७ जना र माघपछि जेठसम्म १४ जना मजदुरले काम गरेको पैसा नदिएर ठेकेदारले दुःख दिने काम गरेको अर्का मजदुर खत्री बताउँछन् । पहिलो चरणमा मंसिरदेखि माघसम्म काम गरेको पाँच लाख ८८ हजार र दोश्रो चरणमा माघदेखि जेठसम्म काम गरेको एक लाख बढी रुपियाँ ठेकेदारले विभिन्न बाहना बनाउँदै झुलाउने काम गरिरहेको बताउनुभयो । मजदुरी गरेको पैसा नपाउँदा समस्या भएको भन्दै खत्रीले भन्नुभयो,‘दुईचार पैसा कमाई होला भनेर दाङबाट सुर्खेत गएर काम ग¥यौ तर अहिले ठेकेदारले पैसा नै दिदैन ।’

मजदुरी गरेको पैसा दिलाउनका लागि विरेन्द्रनगर उपमहानगरपालिका वडा नं. १३ को कार्यालय, जिल्ला प्रहरी कार्यालय सुर्खेत, जिल्ला प्रशासन कार्यालय सुर्खेतसँगै कर्णाली प्रदेशस्थीत भौतिक पूर्वाधार मन्त्रालयसँगै वडा प्रहरी कार्यालय लमहीसम्म पुगिसकेको र त्यहाँ बोलाएर छलफल गर्दा दिन्छु भन्ने तर नदिने काम गरेको मजदुरको गुनासो छ । काम गरेको पैसा दिलाइदिन सवै पक्षसँग समेत आग्रह गरेका छन् । निर्माण व्यवसायी बखत बहादुर शाही र देवबहादुर पोख्रेलले भने फोन उठाउने गरेका छैनन् । उक्त सडक निर्माणको काम कन्काई–गणपति जेभी सुर्खेतले पाएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad