Ad Area

पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा शुरु भयाे महा शिवपुराण


घाेराही, १ साउन । घाेराही उपमहानगरपालिका-५ धारापानीमा श्री शसव महापुराण सत्संग ज्ञान महायज्ञ एवम् श्रृङ्गारिक महाअारती शुरु भएको छ । मन्दिर व्यवस्थापन समिति अध्यक्ष एवम् महायज्ञ मूल अायाजक समिति संयाेजक गणेशकुमार अधिकारीकाे अध्यक्षता तथा घाेराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चाैधरीकाे प्रमुख अातिथ्य एवम् प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीकाे विशिष्ट अातिथ्यमा मंगलबार महाअारती गर्दै शुभारम्भ गरिएको हाे ।
साउन महिनाभर चल्ने महायज्ञकाे उदघाटन गर्दै प्रमुख अतिथि चाैधरीले पाण्डवेश्वर मन्दिर क्षेत्रलाई धार्मिक पर्यटनकाे केन्द्र बनाउने काममा घाेराही उपमहानगरपालिकाले चासाे लिएको बताउनुभयो । अाध्यात्मिक जागरणसँगै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न मन्दिर व्यवस्थापन समितिले हिजाेका दिनबाट थालेको प्रयास अनुकरणीय रहेकाे बताउनुभयाे । उहाँले यस क्षेत्रकाे विकासमा पाण्डवेश्वर मन्दिरले गरेकाे कामले फड्को मारेकाे भन्दै धार्मिक, सांस्कृतिक सम्पदा संरक्षणकाे पर्याय बनेकाे बताउनुभयाे ।

घाेराहीदेखि धारापानी मन्दिरसम्मकाे क्षेत्रलाई विशेष रुपमा पालिका अघि बढाउने काम थालेकाे भन्दै अागामि दिनमा पालिकाले धार्मिक पर्यटनसँगै अार्थिक केन्द्रका रुपमा विकास गर्ने लक्ष्य लिएको बताउनुभयाे ।
धार्मिक जागरण फैलाउने उद्देश्यले शुरु भएको शिव महापुराण महायज्ञले पाण्डवेश्वर मन्दिरकाे विकासमा टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

साउन १ गतेदेखि ३२ गतेसम्म हुने श्री शिव महापुुराण सत्संग ज्ञान महायज्ञ एवं श्रृगारिक महाआरती सफल बनाउन स्थानीय सरकारका रुपमा रहेकाे घाेराहीकाे तर्फबाट सक्दाे सहयाेग रहेकाे उहाँले बताउनुभयो ।

पाण्डवेश्वर महादेव धामको धार्मिक तथा पर्यापर्यटकिय प्रवद्र्धन एवं सनातन धार्मिक जागरणका लागि मन्दिरले एक महिने महायज्ञ सफल बनाउन अावश्यक सुरक्षा प्रवन्धमा कुनै कमी नरहने प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभयाे ।

श्री शिव महापुराण सत्संग ज्ञान महायज्ञ तथा श्रृगांरिक महाआरतीमा विभिन्न धार्मिक दैनिक कार्यक्रम संचालन हुनेछन् । जसमा आरती संकल्प, ब्राह्मण भोजन संकलन, प्रसादी वितरण, बाेलबम्, रुद्राभिषेक संकलन र श्रावण ३१ गते सामूहिक लक्ष्यवर्तिका दीप प्रज्वलन कार्यक्रम हुनेछन् । साउनको २ गतेदेखि साउन ३२ गतेसम्म बिहान ४ बजेदेखि बिहान ६ बजेसम्म, रुद्राभिषेक नृत्य पूजा, बिहान ७ देखि १० बजेसम्म पाठ पारायण, बिहान साढे ११ बजेदेखि दिउँसो साढे ३ बजेसम्म कथा प्रवचन तथा श्रवण र साढे ३ बजेदेखि कथा समापन तथा आरती संचालन हुने छन् ।

महायज्ञ अवधीभर भक्तजनहरुको किनमेलका लागि २५ वटा स्थानीय उत्पादनका विभिन्न स्टल तथा बाल उद्यान समेत संचालन गरिएकाे छ ।
श्री शिवमहापुुराण सत्संग ज्ञान महायज्ञ एवं श्रृगारिक महाआरतीमा राष्ट्रिय ख्याती प्राप्त विद्धान पण्डित कोमल उपाध्याय प्रमुख कथा वाचक रहनु भएको छ ।
महायज्ञका लागि महायज्ञ मुल आयोजक समितिले विभिन्न उप समितिले गठन गरेको छ । जस अनुसार शारदा पोख्रेलको संयोजकत्वमा यज्ञ पुजा व्यवस्थापन उपसमिति , विवेक श्रेष्ठको संयोजकत्वमा टेन्ट लाईनिङ तथा साउण्ड सिस्टम व्यवस्थापन उपसमिति, निमबहादुुर चौधरीको संयोजकत्वमा भोजना तथा आवास व्यवस्थापन उपसमिति, शंकर गौतमलको संयोजकत्वमा दाता पहिचान तथा स्वागत उपसमिति, विष्णुुराम आचार्यको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, केशव बहादुर बिसीको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति रहेको छ ।

Blog Post Ad

त्यसैगरी रेवबहादुर बुढाथोकीको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, बोधिलाल शर्माको संयोजकत्वमा सामान खरिद उपसमिति, लोकबहादुर बिकको संयोजकत्वमा आवास व्यवस्थापन उपसमिति, गणेशकुमार अधिकारीको संयोजकत्वमा यज्ञ संचालन उपसमिति, श्रीधर शर्मा पौडेलको संयोजकत्वमा अनुुगमन उपसमिति र हरिप्रसाद चौधरीको संयोजकत्वमा सुरक्षा व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
मन्दिर व्यवस्थापन समिति सदस्य विवेक श्रेष्ठकाे स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमकाे सहजीकरण सचिव विष्णुराम अाचार्यले गर्नु भएको थियाे ।

Blog Post Ad Blog Post Ad