Ad Area

बाढीपहिरोको जोखिमबाट बच्न कसरी पूर्व तयारी गर्ने ?


काठमाडौं,२ साउन। मनसुन सुरु भएसँगै बाढीपहिरोको जोखिम बढेको छ । नेपालमा हरेक वर्ष बाढीपहिरोबाट जनधन क्षति हुने गरेको छ ।

बाढीले बर्सेनि तराईका सयौँ घर डुबानमा परेका छन् भने पहाडमा पनि पहिरोले घर बगाएर धेरै परिवार विस्थापित भइरहेका छन् । पहाडका कतिपय क्षेत्रमा पहिरोले घर बगाउँदा मानिसहरूले ज्यान गुमाइरहेका छन् भने धेरै बेपत्ता पनि छन् ।

घर–गाउँ बाढी, पहिरो वा डुबानको जोखिममा रहेको अवस्थामा त्यसबाट बच्न तथा सम्भावित क्षति कम गर्न पूर्वतयारी अपनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढीपहिरो वा डुबानको जोखिमको पूर्वतयारीबारे उल्लेख गरेको छ ।

– नदीको जलसतहले सतर्कता तह पार गरेको सूचना आएमा अथवा केही म्यासेज आयो छ कि बेला–बेलामा मोबाइलमा चेक गर्न, दैनिक बुलेटिनमार्फत मन्त्रालयले स्थानीय रेडियोका समाचार पनि बेला बेला सुन्न आग्रह गरेको छ ।

– सुरक्षित स्थानतिर जान भनिएको छ भने सूचनामा भनिए जस्तै सुरक्षित स्थानतिर जानुपर्ने बताइएको छ ।

– मोबाइलमा ब्याट्री र ब्यालेन्स छ छैन चेक गर्नुस् । यस्तो बेला अनावश्यक तथा लामो कुराकानी नगर्नुहोस् । ब्याट्री बचाएर, ब्यालेन्स हालेर मोबाइल आफैसँग राख्न अनुरोध गरेको छ ।

Blog Post Ad

– मोबाइलमा अत्यावश्यक फोन नम्बरहरु सेभ गरेर राख्नुहोस् । बाढीबारे बुझ्न ११५५ सहयोगका लागि ११४९, प्रहरीलाई बोलाउन १०० र स्वास्थ्य समस्या भए १११५ मा फोन गर्न सकिनेछ।

 

Blog Post Ad Blog Post Ad