Ad Area

जिल्ला दररेटप्रति दाङ निर्माण व्यवसायी संघको गम्भीर ध्यानाकर्षण


घोराही, २ साउन । दाङ निर्माण व्यवसायी संघले आर्थिक बर्ष २०८१ ०८२ का लागि जिल्लामा कायम गरिएको दररेटप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

दाङ निर्माण व्यवसायी संघका अध्यक्ष प्रविणकुमार भण्डारी र महासचिव मिनबहादुर घर्तीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै जिल्ला दररेट समितिको सदस्य रहेको दाङ निर्माण व्यवसायी संघसँग समन्वय नै नगरेर गरिएको दररेटप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

विकास निर्माण तथा पूर्वाधारका लागि निर्धारण गरिएको दररेट बजार मुल्यभन्दा न्यून भएकाले निर्माण कार्यहरु आगामी बर्षमा प्रभावित भइ लक्ष्य प्राप्त गर्ने नसक्ने अवस्था सिर्जना भएको छ । स्थानीय, प्रदेश र संघीय विकास निर्माणदेखि उपभोक्ता,निर्माण व्यवसायी प्रभावित हुने दररेट अप्रत्यासित रुपमा आएकाले संघले संघले अविलम्व सच्याउन आग्रह गरेको छ ।

संघले एकतर्फी रुपमा आएको दररेटले जिल्लामा हुने विकास निर्माणका कार्यहरु प्रभावित हुने भएकाले यो विषयम संवेदनशिल बन्न समेत सम्वन्धित निकायलाई आग्रह गरेको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad