Ad Area

दाङमा बर्सेनी बढ्दै दुर्घटना : एक बर्षमा ९८ जनाको मृत्यु


घोराही, ३ साउन । दाङमा बर्सेनि सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको तथ्याङ्क अनुसार जिल्लामा गतबर्षको तुलनामा आर्थिक वर्ष २०८०÷०८१ मा सवारी दुर्घटना बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा भएका दुई सय तीन सवारी दुर्घटनामा ९८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७८ पुरुष, १४ जना महिला र ६ जना बालबालिका रहेका छन् । आर्थिक वर्ष २०७९÷०८० मा जिल्लामा भएका एक सय ४८ सवारी दुर्घटनामा ५५ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ३७ पुरुष, सात महिला र ११ जना बालबालिका रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभएको छ ।

प्रहरी निरीक्षक शाहीका अनुसार आर्थिक वर्ष २०८०÷०८१ को असारमा छ जना, जेठमा छ जना, वैशाखमा दश जना, चैतमा दश, फागुनमा बाह्र जना, माघमा आठ जना, पुसमा अठार जना, मंसिरमा नौ जना, कार्तिकमा सात जना, असोजमा चार जना, भदौमा तीन जना र साउनमा ५ जनाको मृत्यु भएको छ । यस अवधिमा दुई सय ३८ जना गम्भीर र एक सय १४ जना सामान्य घाइते भएका छन् । दुर्घटना न्यूनीकरणका लागि प्रहरीले जिल्लाका विभिन्न ठाउँमा सचेतनासँगै लापरवाही गर्नेलाई चालकलाई कारवाही गर्दागर्दै पनि कमजोर गाडी तथा सडकको अवस्था, चालकको लापरवाही, तिव्र गति,लाइनसेन्स प्राप्त नगर्दै चलाउनेलगायतका कारणले धेरै जसो दुर्घटना भइरहेको प्रहरी निरीक्षक शाही बताउँनुहुन्छ ।

तर सिमित श्रोत र साधनकाविच पनि ट्राफिक प्रहरी दुर्घटना न्यूनीकरणमा लागेको भन्दै उहाँले भन्नुभयो,‘जिल्लामा सवारीसाधनको अवस्था बढ्दो मात्रामा रहेको तर सिमित जनशक्तिबाट काम गर्नुपर्ने बाध्यताले पनि समस्या भएको छ ।’ जिल्लामा सवारी दुर्घटना हुनेमा सवैभन्दा धेरै दुईपाङ्ग्रे सवारीसाधनहरु रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार एक बर्षको अवधिमा दुर्घटनामा परेका दुई सय ७९ वटा सवारीसाधनमध्ये सवैभन्दा धेरै दुईपाङ्ग्रे सवारीसाधन एक सय ७२ वटा रहेका छन् । दुईपाङ्गे सवारीसाधनमा मोटरसाइकल, स्कुटर र साइकल पर्ने गर्दछन् । त्यसैगरी बस २१ वटा, जीप÷कार २० वटा, अटोे १८ वटा, ट्याक्टर १२ वटा, ट्र«क ट्यांकर आठ वटा, ट्रिपर सात वटा, माइक्रो बस दुई वटा र अन्य १८ वटा रहेका छन् ।

Blog Post Ad Blog Post Ad