Ad Area

नेविसंघको आयोजनामा केन्द्रीय आयुर्वेद विद्यापीठमा योग प्रशिक्षण


दाङ, ३ साउन । नेपाल विद्यार्थी संघ केन्द्रीय आयुर्वेद विद्यापीठ ईकाइले केन्द्रीय आयुर्वेद विद्यापीठमा १५ दिने योग प्रशिक्षण कार्यक्रम सुरु गरेको छ।

१५ दिने योग प्रशिक्षणको उद्घाटन पतंजलि योग नेपाल लुम्बिनी प्रदेश प्रशिक्षक एवं आचार्य कुलम् दाङका अध्यक्षगुरु दीपक बस्याल, प्राचार्य प्रा डा रामचन्द्र अधिकारी, लोकेन्द्र वैरागीलगायतले गरेका थिए ।

नेपाल विद्यार्थी संघ केन्द्रीय आयुर्वेद विद्यापीठ इकाइ सभापति डा बसन्त अधिकारीको सभापतित्वमा भएको कायक्रममा प्रथम दिवसमा करिव ८५ जना विद्यार्थीको सहभागिता रहेको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले योग पाठ्यक्रममा भएपनि अभ्यास भने नहुने गरेको अवस्थामा नेविसंघले आयोजना गरेर विद्यार्थीको आवश्यकतालाई पुरा गरिदिएको बताएका थिए । योग प्रशिक्षणले विद्यार्थिहरु समेत खुसी भएका छन् ।

नेविसंघ संघ केन्द्रीय आयुर्वेद विद्यापीठ दाङ जिल्लाभरिकै एक उदाहरणीय इकाइ समिति बनेको भन्दै यसले आफ्नो क्याम्पसमा भएका विकृतिको विरोध मात्र नभएर विद्यार्थी मैत्री र विद्यार्थीको सर्वपक्षिय विकास र शैक्षिक गुणस्तर वृद्धिका निम्ति विविध कार्यक्रम आयोजना गर्दै आएको पाल विद्यार्थी संघका ईकाइ सचिव प्रदीप दाहालले बताएका छन् । कार्यक्रमको सहजीकरण कुशल काफ्लेले गरेका थिए । साउनको १ गतेदेखि १५ गतेसम्म प्रत्येक दिन विहान ६ बजेदेखि योग प्रशिक्षण कार्यक्रम सञ्चालन हुँदै आएको छ ।