Ad Area

बिपी कोइरालाको ४२ औँ स्मृति दिवसमा नेपाली कांग्रेस दाङद्वारा वृक्षारोपन


घोराही, ६ साउन । नेपाली कांग्रेसका सस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ४२ औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस दाङले वृक्षारोपन गरेको छ । नेपाली कांग्रेस दाङले सोमवार घोराही उपमहानगरपालिका–४ स्थीत बसन्तापुर सामुदायिक वन समुहको जग्गामा वृक्षारोपन गरेर ४२ औँ स्मृति दिवस मनाएको हो ।

स्मृति दिवसलाई फरक रुपमा मनाउने उद्देश्यले बसन्तापुर समुदायिक वन समूहको खाली जमिनमा दुई सय बढी बिरुवाहरु रोपिएको नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीले जानकारी दिनुभएको छ । सभापति डाँगीका अनुसार टिमुर,कपुर,सितल चिनी,अमला,गोलमोहर,मालागेटी,रुदाक्ष,टिकलगायतका विरुवा रोपिएको थियो । नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले नेपाली कांग्रेसलाई जनताले विश्वास गरेको पार्टी भएको भन्दै जनताको समस्याहरु पाटीले सम्वोधन गर्न ध्यान दिनुपर्ने बताउनुभएको थियो ।

कांग्रेसप्रतिको जनताको विश्वासका कारण अहिलेपनि देशको प्रमुख शक्तिका रुपमा रहेको भन्दै कार्यक्रमका प्रमुख अतिथि घिमिरेले जनताले गरेको विश्वासलाई बचाउँदै आगामी दिनमा पनि प्रमुख शक्तिका रुपमा स्थापित गर्न सरकारमा सहभागी नेतादेखि जनप्रतिनिधिहरुले जनताका समस्या सम्वोधन गर्न ध्यानदिनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले प्रजातान्त्रिक समाजवादका चिन्तक एवं नेता कोइरालाले देशमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि ठुलो त्याग गरेको बताएका थिए । त्यो त्यागका कारण आजको नेपाली कांग्रेस बनेको भन्दै यस्लाई बचाई राख्नका लागि अहिलेको नेतृत्व पनि लाग्नुपर्ने बताएका थिए ।

बिपी विसं १९७१ भदौ २४ गते जन्मिनुभएको हो । २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुईतिहाइ मत प्राप्त गरेपछि उहाँ देशको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभयो । २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्र शाहले उहाँलाई अपदस्थ गरी पञ्चायती व्यवस्था लागु गरेपछि उहाँ आठ वर्ष जेल बस्नुभयो । रिहा भएपछि उहाँ निर्वासनमा भारत जानुभयो । २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर उहाँ स्वदेश फर्किनुभयो । राणाशासनदेखि पञ्चायती व्यवस्थासम्म अनवरत सङ्घर्ष गर्नुभएका कोइराला क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको निधन २०३९ साउन ६ गते भएको हो ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री खगराज पाण्डेय,नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापतिहरु बिरकेश्वरी गौतम,मोहनलाल वली, महासमिति सदस्यहरु भुपबहादुर डाँगी,जानकीलाल बस्नेत, कर्णबहादुर बुढाथोकी,महाधिवेशन प्रतिनिधिहरु केशव आचार्य, बम बहादुर डि सी, नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापपति भेषराज पाण्डेय, नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्का,नेपाली कांग्रेस क्षेत्र नं. ३ (ख)का सभापति खिमबहादुर वली, दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, नेपाली कांग्रेस घोराही नगरसभापति तिलक रावत, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष कुलराज पोख्रेल, नेपाल तरुण दलका केन्द्रिय सदस्य श्रीधर घिमिरे (सनत), टोपबहादुर बुढाथोकी, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य निरज गिरी,घोराही उपमहानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेय, नेपाली कांग्रेस घोराही ४ का वडा सभापति नारायण घर्ती, नेपाल शिक्षक संघका लुम्बिनी प्रदेश उपाध्यक्ष रमेश पाण्डेयलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Blog Post Ad

नेपाली कांग्रेस दाङका उपसभापति कमानसिह भारतीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव अर्जुन योगीले  गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad