Ad Area

दररेट पुनरावलोकन गर्न निर्माण व्यवसायीको माग


घोराही, ९ साउन । दाङ निर्माण व्यवसायी संघले बजारको मुल्यवृद्धि अनुसार दररेट बनाउनुपर्ने माग गरेको छ ।
जिल्ला दररेट निर्धारण समितिले आर्थिक बर्ष २०८१\०८२ का लागि जिल्लामा कायम गरिएको दररेट व्यवहारिक नभएको भन्दै निर्माण व्यवसायी संघले बजारका मुल्यवृद्धिसँगै छिमेकी जिल्लाहरुसँग मिल्ने गरि निर्धारण गर्न माग गरेको हो ।

दाङ निर्माण व्यवसायी संघले बुधवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर जिल्लामा कायम गरिएको दररेटलाई सच्याउन माग गरेको छ । निर्माण व्यवसायीको असहमति हुँदाहुँदै अहिले एकतर्फी रुपमा सार्वजनिक गर्ने काम गरिएको भन्दै दाङ निर्माण व्यवसायी संघका अध्यक्ष प्रविणकुमार भण्डारीले अहिलेको दररेट अनुसार ६ महिनापछि निर्माण सामग्री नै पाउन नसक्ने बताए । अहिलेको दररेट अव्यवहारिक भएकाले निर्माण व्यवसायी, क्रसर व्यवसायीलगायतलाई मान्य हुने गरि निर्धारण गर्न माग गरेका छन् ।

त्यसैगरी सघले जिल्ला दररेटमा भवन, खानेपानी, विद्युतलगायत निर्माणका लागि आवश्यक पर्ने महत्वपूर्ण धेरै सामग्रीहरु दररेटमा समावेश नगरिएकाले समावेश गर्नुपर्ने, अहिलेको निर्धारण गरिएको दररेटभन्दा करिव दश प्रतिशत बढाएर जिल्ला दररेट कायम गर्नुपर्ने माग गरेका छन् । निर्माण व्यवसायीहरुले उठाएका मागहरु तीनदिन भित्रमा सम्वोधन नभए प्रदेश महासंघ हुँदै केन्द्रीय महासंघसम्म जाने भएको छ ।

Blog Post Ad Blog Post Ad