Ad Area

घोराहीमा एक वर्षमा १ सय ४५ विवाद फर्छ्याैट


घोराही, १० साउन। घाेराही उपमहानगरपालिकाकाे न्यायीक समितिले आर्थिक वर्ष २०८०-०८१ मा दर्ता भएका १ सय ७२ विवादमध्ये १ सय ४५ विवाद फर्छ्याैट गरेको छ ।

न्यायीक समिति संयाेजक एवम् उपप्रमुख हुमा डिसीकाे अध्यक्षता तथा नगर प्रमुख नरुलाल चाैधरीकाे प्रमुख अातिथ्यमा बुधबार पत्रकार सम्मेलन गरि अघिल्लो अार्थिक वर्षको जिम्मेवारी सरी अाएका तथा गत अार्थिक वर्षमा दर्ता भएका विवाद उपर छलफल गराई ८४ प्रतिशत अर्थात १ सय ४५ विवाद मिलापत्र गर्न सफल भएको जनाएको छ ।

स्थानीय सरकार संचालन ऐन २०७४ काे दफा ४७ काे उपदफा १ र २ अनुसार देवानी प्रकृतिका मुद्दा उपर न्यायीक इजलासमार्फत न्याय निरुपण गर्ने क्रममा दफा १ अनुसार ५२ वटा, दफा २ अनुसारका ३६ वटा, अन्य उजुरी तथा निवेदन गरि ५१ वटा र अार्थिक वर्ष २०७९-०८० बाट जिम्मेवारी सरी अाएका ३३ वटा विवाद गरि १ सय ७२ विवाद मध्ये १ सय ४५ विवाद समाधान भएको न्यायीक समिति संयाेजक डिसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, दफा १ अनुसारका ४६ वटा, दफा २ अनुसारका २८ वटा, अन्य उजुरी तथा निवेदनका ३८ वटा एवम् अघिल्लो वर्षको जिम्मेवारी सरी अाएकाे ३८ वटै विवादकाे मिलापत्र भएको छ । अब २७ वटा विवाद मिलापत्र गर्न बाँकी रहेकाे उहाँले बताउनुभयो ।

न्यायीक समितिमा सबैभन्दा धेरै नाबालक छाेराछाेरी वा पति पत्नीलाई ईज्जत अामद अनुसार खान लाउन वा शिक्षा दीक्षा नदिईएकाे ३० वटा, सरकारी सार्वजनिक वा सामुदायिक बाहेक एकाकाे हककाे जग्गा अर्काेले मिची वा घुसाई खाएकाे २३ वटा तथा लेनदेन, अंश, ऐलानी जग्गा विवादसमेतका ५१ वटा विवाद न्यायीक समितिमा न्यायकाे माग गर्दै उजुरी परेका थिए ।

अब दफा १ अनुसार अालीधुर, बाँध पानीघाटकाे बाँडफाँडका १ वटा, ज्याला मजदुरी नदिएकाे १ वटा, अर्काे जग्गा वा सम्पत्तिलाई असर गर्ने गरि रुख बिरुवा लगाएका १ वटा, नाबालक छाेराछाेरी वा पति पत्नीलाई ईज्जत अामद अनुसार खान लाउन वा शिक्षा दीक्षा नदिईएकाे ३ वटा गरि ६ वटा विवाद मिलापत्र गर्न बाँकी रहेको छ ।

यसैगरी, दफा २ अनुसार सरकारी सार्वजनिक वा सामुदायिक बाहेक एकाकाे हककाे जग्गा अर्काेले मिची वा घुसाई खाएकाे ५ वटा, सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक अाफ्नाे हक नपुग्ने अरुकाे जग्गामा संरचना बनाएकाे १ वटा, अर्काकाे हक भाेगमा रहेकाे जग्गा अावाद भाेग चलन गरेकाे २ वटा गरि ८ वटा विवादकाे मिलापत्र गर्न बाँकी रहेकाे छ भने अन्य उजुरी अन्तरगत लेनदेन, घरायसी अंश, ऐलानी जग्गा विवादका १३ उजुरीको मिलापत्र गर्न बाँकी रहेकाे न्यायीक समिति संयाेजक डिसीले बताउनुभयो ।

घुम्ती न्यायीक शिविरमार्फत पछिल्लो समय न्यायीक समितिले काम गर्दै लगेकाेे हुँदा न्याय निरुपणकाे काम सहज रुपमा भईरहेकाे उहाँले बताउनुभयो । अहिले गाउँबस्तीमा पुगेर नगरबासीलाई कानुनी साक्षरता प्रदान गर्ने कामसमेत अघि बढाईएकाे पालिकाले जनाएको छ ।

साे अवसरमा, नगरप्रमुख चाैधरीले नगरबासीलाई सहज न्याय दिलाउन न्यायीक समितिले प्रभावकारी रुपमा गर्दै अाएकाे कामले पीडित र पीडक भनिएकाहरु दुवैले जीत- जीतकाे महसुस गर्ने गरेकाे बताउनुभयो ।

सामाजिक विषयसँग जाेडिएका समस्याहरु न्यायीक समितिमा उजुरी परेका हुँदा कानुनी साक्षरतासँग जिम्मेवार नागरिक बनाउन पालिकाले ध्यान दिएकाे बताउनुभयो ।कार्यक्रमकाे सहजीकरण कानुनी मामिला शाखा प्रमुख प्रतलाकुमारी देवकोटाले गर्नुभएको थियाे ।